शताब्दी पुरुष सुदर्शन-कपिला सिरपाद्वारा सम्मानित !

 Maharjan Ratna

काठमाडौं / बिराटनगरको सुदर्शन-कपिला सिरपा:द्वारा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित भएका छन् । काठमाडौंमा आयोजित एक भव्य कार्यक्रममा शताब्दी पुरुष जोशीलाई  गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नगद थैली दुई लाख रुपियाँसहित  सुदर्शन-कपिला सिरपा: प्रदान गर्नुुुभएको थियो । झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघ बिराटनगरको आयोजनामा शुक्रबार काठमाडौंको नक्सालस्थित एक मल्टी भेन्युमा आयोजना गरेको उक्त कार्यक्रममा बिराटनगरबाट आएका विभिन्न क्षेत्रका नेवा: व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेवा: मिसा दबूको केन्द्रिय अध्यक्ष रश्मिला प्रजापतिले शुभकामना मन्तव्य राखेका थिए । नेपाल संवत् ११११ देखि सक्रिय, झी पुच: बिराटनगर

मुख्य समाचार, राष्ट्रिय, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ललितपुरका पूर्व मेयर बेखारत्नको निधन !

 Maharjan Ratna

काठमाडौं /ललितपुरका पूर्व मेयर बेखारत्न शाक्यको आज आइतबार बिहान निधन भएको छ । केही समयदेखी अस्वस्थ उहाँको उपचाररत अवस्थामा ८९ वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसमा सक्रिय उहाँ २०४८ सालमा ललितपुरको मेयरमा निर्वाचित हुनुभएको थियो । २००७ सालदेखि पार्टीमा क्रियाशील रहनुभएका उहाँ धेरै वर्ष पंचायतकालमा निर्वासित जीवन बिताउनु भएको थियो । बुद्ध धर्म क्षेत्रमा पनि उहाँको धेरै योगदान गर्नुभएको छ । उहाँ स्वयम्भू विकास समितिका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । लुम्बिनी विकास कोषमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँ ले त्रिशुलीमा आफ्नो बुबा संघरत्न शाक्यको नाममा बिहार पनि निर्माण गर्नुभएको

राष्ट्रिय, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बुद्ध शान्ति पदक शान्ति स्तूप निर्माता स्व. भिक्षु नावातामेलाई प्रदान

 Maharjan Ratna

बिन्दु चौहान , सुभाय् पोस्ट सम्बादाता लुम्बिनी  बुटवल / प्रदेश ५ को तेस्रो स्थापना दिवसको अवसरमा लुम्बिनीस्थित शान्ति स्तूप निर्माण गर्ने जापानी भिक्षु युताका नावातामेलाई बुद्ध शान्ति पदकबाट विभूषण गरिएको छ । उनको लुम्बिनी क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै मरणोपरान्त उनलाई यो विभूषण प्रदान गरिएको हो । प्रदेश ५ को तेस्रो स्थापना दिवसको उपलक्ष्यमा प्रदेश राजधानी बुटवलमा शनिबार गरिएको विशेष कार्यक्रममा यसरी विविध क्षेत्रमा योगदान गर्ने ३१ व्यक्तिहरु सम्मानित भएका थिए । प्रदेश प्रमुखबाट प्रदान नावातामेको उक्त पदक उनका उत्तराधिकारीका रुपमा शान्ति स्तुपमा रहेका भिक्षु सातोले हस्तान्तरण गरि लिएका थिए

मुख्य समाचार, राष्ट्रिय, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

यल महानगरपालिकाया उद्घोषण तालिम क्वचाल

 Maharjan Ratna

यल/ सिल्लागा द्धितिया ११४० (फेब्रअरी ११ २०२०) स ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखां थीथी महिला समूहया नितिं न्ह्याकूगु छवाःया उद्घोषण व वक्तृत्व विकास तालिम क्वचाल । महिला समूहया पदाधिकारीपिनिगु नितिं नुगःखँ तयेगु व ज्याझ्वः न्ह्याकेगु नितिं अःपुइमा धकाः थुगु स्यनेज्याया ग्वसाः ग्वःगु खः । तालिम २०७६ माघ २१ न्ह्याःगु खः । पत्रकार सुरजवीर बज्राचार्यं बियादीगु प्रशिक्षणय् २० म्हसिन ब्वति कयादीगु खः । वयकलं न्वंवायेगु गुण जक मखःसे छगू ज्याझ्वः ताःलाक ग्वसाः ग्वयेगु बारे नं स्यनादीगु खः । महाशाखाया प्रमुख बाबुराजा महर्जनया सभापतित्वय् जूगु समापन समारोहय् मूपाहाँं सामाजिक विकास समितिया कार्यवाहाक

उपत्यका, नेवाःख्यः  संग सबंधीत छ |

काठमाडौंमा भारतका यथार्थवादी फिल्म निर्देशक प्रकाश झा को मास्टर क्लास

 Maharjan Ratna

काठमाडौं / काठमाडौंमा आयोजना भइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (NIFF 2020)मा  भारतका प्रसिद्ध यथार्थवादी चलचित्र निर्माता निर्देशक प्रकाश झाको मास्टर क्लास आयोजना गरियो । शनिबार चलचित्रकर्मि चलचित्रप्रेेेेमीहरुले खचाखच भरिएको राष्ट्रिय सभागृहको हलमा उनले चलचित्र , चलचित्र निर्माण , कथा , चरित्र अनि राजनीति र चलचित्रको सम्बन्ध बारे बताए । उनी भारतको सबै दलको सरकारको स्थायी विपक्ष भएको दाबी गर्दै भने ” म सबै सरकारको स्थायी विपक्षी हुँ । त्यसैले त म सबै वास्तविक कुरा निर्धक्क आफ्नो फिल्ममा देखाउन सक्छु । तर एउटा कुरा यसै कारण मलाई भारत सरकारले दिने कुनै

कला/मनोरंजन, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मच्छिन्द्र ए डिभिजन लिग च्याम्पियन, आर्मी १-० ले पराजित

 Maharjan Ratna

काठमाडौं/ सम्पदा महानगर काठमाडौंको पुरानो शहरको मध्यभागमा रहेको  सानमिगेल मच्छिन्द्र युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि उचाल्न सफल भएको हो । टीम घोषणासँगै यसपालि लिग जित्ने दाबीका साथ मैदानमा उत्रिएको राष्ट्रिय खेलाडीहरुले भरिएको टीम मछिन्द्र क्लब आफ्नो दावेदारीलाई वास्तविकतामा बदल्न सफल भएकोमा निकै हर्षित रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले जित्नैपर्ने बाध्यताको दबाबका बीच त्रिभुवन आर्मीमाथि जित हात पार्न सफल भएको हो । मच्छिन्द्र यसअघि लिगको २०७० को संस्करणमा उपाधिको

खेलकुद, मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लिग च्याम्पियन को बन्ने मछिन्द्र कि सेना ?

 Maharjan Ratna

काठमाडौं/ सहिद स्मारक ए डिभिजन लिगको च्यम्पियन को बन्नेछ भन्ने आजको अन्तिम खेलले निर्धारण गर्नेछ । सेनाको त्रिभुवन आर्मी क्लब र मछिन्द्र फूटबल क्लब दुबै यस लिगका उपाधिका दावेदार हुन् । आजको खेल फाइनल खेल जस्तै हुनेछ । शिर्ष स्थानको सेनाको त्रिभुवन आर्मी क्लबको २९ अङ्क छ । दोस्रो स्थानमा मच्छिन्द्र युथ क्लबको २८ अंक रहेको छ ।  उपाधिको लागि शनिबार दशरथ रङ्गशालामा आज शनिबार  भिड्दैछन् । खेल अपरान्ह दुई बजेबाट हुनेछ । उपाधी जित्न आर्मीलाई बराबरी नैं पर्याप्त हुनेछ भने मछिन्द्रलाई जीत नै आवश्यक छ । लिग उपाधी हात

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भक्तपुरको पुरानो वस्तीमा यातायात चलाउन नपाइने

 Maharjan Ratna

काठमाडौं /भक्तपुर नगरपालिकाले बिहीबारदेखि भक्तपुर नगरपालिकाको पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध गरेको छ। विश्वसम्पदा सूचीमा सूचीकृत दरबार स्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले नगरपालिकाको भित्री बस्तीमा समेत सवारी साधन प्रवेश र पार्किङमा निषेध गरेको हो। भक्तपुरका सम्पदा र परम्परागत पुरानो बस्तीको संरक्षण एवं पैदलयात्रीको सुरक्षाका लागि नगरपालिकाले आजदेखि लागू हुनेगरी अपराह्न सवारी प्रवेश निषेध गर्ने व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। मालवाहक टिपर, ट्रकलगायत भारी सवारी साधन विभिन्न नाकाबाट नगरको पुरानो बस्तीभित्र सवारी प्रवेश गर्ने गरेको पाइएकाले सो क्षेत्रमा निषेध गरिएको बताइएको छ। मिनी टिपर, मिनी

उपत्यका, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व