• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !


सुभाय् संवाददाता April 5, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

रवि महर्जन ,काठमाडौं /आज चैत २२ गतेदेखि काठमाडौँमा खोकनाको १२ बर्षे सिकालि जात्राको गणनाच सुरु भएको छ ।
आज दिउँसो खोकनाबाट हिंडेको देवगणको टोली साँझ पचली क्षेत्रमा रहेको सिकाली मन्दिर पुगेको थियो । त्यस क्षेत्रमा देवगणको मुकुन्डो र पहिरन पहिसकेपछि सर्वप्रथम पचली भैरव लगिएको थियो भने पछि चलखुमा देवगणलाई स्थानीयहरुले विशेष रुपमा नेवारी परम्परा अनुसार स्वागत गरिएको थियो ।
खोकनाको सिकालि जात्रा देवगणको नाच वर्षे पिच्छे निरन्तर चलिआएको एउटा ऐतिहासिक एवं उत्कृष्ट परम्परा हो । यस बर्ष (बि. सं. २०८०)मा उक्त सिकालि जात्रा देवगणको नाच १२ बर्षे जात्रा पर्न आएको छ । यस अवसरमा परम्परादेखि खोकनाबाट देवगण सहित काठमाडौं प्रवेश भएर विभिन्न ठाउँहरुमा सिकालि
देविनाच प्रदर्शन गर्ने चलन रहेको छ ।
सिकाली नाच व्यवस्थित तरिकाले अगाडि बढाउनका कार्यक्रम सुव्यवस्थापन कार्यका निम्ति ज्यापु महागुथि नेपाः
काठमाडौं महानगर समितिको संयोजकत्वमा काठमाडौं महानगर भित्रका देवगण प्रवेश गर्ने रुटमा पर्ने विभिन्न परम्परागत टोलका प्रतिनिधि, स्थानिय क्लब संघ संस्थाको संस्थागत प्रतिनिधित्व र सक्रिय ब्यक्तिहरु समेत समावेश गरेर सिकालि जात्रा ब्यवस्थापन तथा समन्वय समिति गठन गरिएको थियो ।
इतिहासमा उल्लेख भए अनुसार ज्यापु समुदायको मूल बस्ति काठमाडौं उपत्यकाको साथै छिमेकी जिल्लाहरुमा रहिआएको छ । खोकना ललितपुर महानगरपालिकाको ऐतिहासिक एवं पुरातात्विक स्थान हो । यहाँ एकाध बाहेक पुर्ण रुपमा ज्यापु समुदायको बस्ति रहेको छ । खोकना बासिहरुले आ-आफ्नो मौलिक संस्कार, संस्कृति, परम्परा, चार्डपर्व, जात्रा, साँस्कृतिक बाजागाजा आदि इत्यादिलाई निरन्तरता दिनुको साथै सिकालि जात्रा (श्री रुद्रायणी देवीको जात्रा) बर्षेनि सिकालि देवगणको देविनाच परम्परालाई पनि निरन्तरता दिइदै आइरहेको छ । यस बर्ष सिकालि जात्रा परम्पराको १२ बर्षे मेला परेको छ । १२ बर्षे मेलाको अवसरमा खोकना लगायत छिमेकी गाउँहरुमा र जिल्लाहरुमा पनि देविनाच प्रदर्शन गर्ने परम्परा
अनुरुप यहि आज चैत २२ गने सिकालि देवगण सहित काठमाडौंमा प्रवेश गरी हनुमान ढोका भित्र सिकालि देविनाच प्रदर्शन गर्ने तिथि रहेको छ । उक्त देवगण काठमाडौंमा प्रवेश भए पछि हनुमान ढोका
भित्र नासः चोक, तलेजु भगवानको अगाडी त्रिशुल चोक र कालभैरव पछाडि डबलीमा सिकालि देवीनाच प्रदर्शन गर्ने परम्परा रहेको छ । त्यस्तैगरि जनसमुदायको माग रपरम्परा अनुरुप इन्द्रचोक, लगन सिंहसतल अगाडी पनि सिकालि देविनाच प्रदर्शन गर्ने गरिन्छ ।
सिकालि देवगणको पुजा ब्यवस्थापन समिति ह्यूमत तुकं बहाः टाेलले  सगुनसहित स्वागत गरी पूजा अर्पण गरेको छ ।

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑