• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 25, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

काठमाडौंमा भारतका यथार्थवादी फिल्म निर्देशक प्रकाश झा को मास्टर क्लास


सुभाय् संवाददाताFebruary 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं / काठमाडौंमा आयोजना भइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (NIFF 2020)मा  भारतका प्रसिद्ध यथार्थवादी चलचित्र निर्माता निर्देशक प्रकाश झाको मास्टर क्लास आयोजना गरियो ।
शनिबार चलचित्रकर्मि चलचित्रप्रेेेेमीहरुले खचाखच भरिएको राष्ट्रिय सभागृहको हलमा उनले चलचित्र , चलचित्र निर्माण , कथा , चरित्र अनि राजनीति र चलचित्रको सम्बन्ध बारे बताए ।
उनी भारतको सबै दलको सरकारको स्थायी विपक्ष भएको दाबी गर्दै भने ” म सबै सरकारको स्थायी विपक्षी हुँ । त्यसैले त म सबै वास्तविक कुरा निर्धक्क आफ्नो फिल्ममा देखाउन सक्छु । तर एउटा कुरा यसै कारण मलाई भारत सरकारले दिने कुनै सम्मान दिंदैन । किन कि म सबैको विपक्षमा हुन्छु ।”
आफ्नो फिल्महरु हिप हिप हुरे देखि गंगाजल , राजनीति सत्याग्रहसम्मको कथाबस्तु राजनीतिक विषय वस्तु रहेको बारे उनले भने राजनीतिसँग सबै कुरा जोडिएको छ त्यसैले मेरा फिल्महरु प्रभावित भएको देखिएको हो । जसले राजनीतिबाट साहित्य चलचित्रलाई पर राख्नुभन्छ त्यसो भनेर उसले राजनीति गरेको हुन्छ उनले भने ।
महाभारत कुनै माइथोलोजी नभइ बर्तमानमा पनि भैरहेको घट्नक्रम हो । महाभारतमा अहिले भइरहेका हरेक कुरा उल्लेख छ , उनले भने । आफ्नो फिल्म राजनीति महाभरतबाट प्रभावित छ भन्ने जिज्ञासामा उनले यसरी जवाफ दिएका थिए ।
फिल्म शूटिङ गर्दा हुल व्यवस्थापन बारे बताउँदै उनले भने “राजनीति ” शूटिङ गर्दा ७ हजार भीड एक महिना जम्मा गरेको र त्यहीभीडमा शुटिङ गरेको बताउँदै यसका निम्ति आफूहरूले एक वर्ष लगाएर तयारी गरेको बताए ।
बेतियामा जन्मेका झा फिल्म पढ्न मुम्बई पुगेका थिए । पुना ईन्स्टिच्युटमा भर्ना भइ फिल्म मेकिङमा डिप्लोमाका लागि भर्ना भएका उनले आर्थिक अभावमा कोर्स पूरा गर्न सकेका थिएनन् । उनले ८० को दशकमा दामुल फिल्मबाट राष्ट्रिय पुरस्कार प्राप्त गरे ।
निफको यो मास्टरक्लासको सहजकर्ताको रूपमा  सुमन खरेलले भूमिका खेलेका थिए ।
भारतका शीर्ष निर्माता निर्देशक झा आज शनिबारको सभा गृहको कार्यक्रममा निकै सरल व्यक्तिको रुपमा प्रस्तुत भएका थिए ।
प्रकाश झा चलचित्र  लेखक ,निर्देशक ,कलाकार हुन् । उनका प्राय: चलचित्रहरु राजनीतिक घट्नाबाट प्रेरित भएको देखिन्छ ।
सन१९८४मा राष्ट्रिय पुरस्कार जित्न सफल “दामुल”माधुरी दीक्षित अभिनीत मृत्युदण्ड (१९९७)  अजय देवगन अभिनीत गंगाजल (२००३) अपहरण (२००५) अमिताभ बच्चन अभिनीत राजनीति  (2२०१०), आरक्षण (२०११) चक्रव्युह (२०१२)  सत्याग्रह (२०१३) आदि उनका चर्चित फिल्म हुुुन्। उनी राष्ट्रिय पुरस्कार बिजयी डकुमेन्ट्री निर्माता पनि हुन् । उनले अबको दुई वर्षभित्र “जनादेश” नामक फिल्म निर्माण गर्ने बताउँदै यसका निम्ति शुटिङपूर्वका कार्य भइरहेको बताए ।

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑