Maharjan Ratna
तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज यूनेस्कोमा पेश
Maharjan Ratna
लुम्बिनी / प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीले राष्ट्रिय अन्तर्राष्ट्रिय ख्यातीप्राप्त विद्धानहरुले लामो समय लगाएर तयार पारेको अन्तिम मनोनयन दस्तावेजलाई विश्व सम्पदा केन्द्रमा पठाउनका लागि हस्ताक्षर गरेका थिए । फान्सको राजधानी पेरिस स्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा फान्सका लागि नेपाली राजदुत एंव यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे





