• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 25, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

लघुकथाकारहरु पुरस्कृत, “तनावंगु सर्ग:”विमोचित


सुभाय् संवाददाताFebruary 2, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं /नेपालभाषा चिबाखं साहित्य र लुम्बिनी सम्यक् फाउण्डेसनको संयुक्त आयोजनामा भएको एक समारोहमा लघुकथा प्रतियोगितामा विजयी स्रष्टालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएकाे छ।

ललितपुरस्थित मंका खलमा आयोजित सो समारोहमा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले विजयी स्रष्टाहरूलाई प्रमाणपत्र र लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन माणिकरत्न शाक्यले नगद पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा निर्मल बज्राचार्य, रासा र रामेश्वर जलन प्रथम, द्धितीय र तृतीय भएका थिए। त्यस्तै विनय राजोपाध्याय, प्रमोद अमात्य र राजन महर्जनले प्रोत्साहन पुरस्कार पाएका थिए।

कथाकार ध्रुव मधिकर्मीले प्रतियोगितामा प्राप्त लघुकथाबाट नेपालभाषामा लघुकथा लेखनमा उत्साह र नयाँ सोच देखापरेको बताए।

कथाकार केदार सितुले सानो हुँदैमा लघुकथा हुन्न भन्दै यसको संरचनाबारे स्रष्टाहरूले ध्यान दिनुपर्ने बताए।

कार्यक्रमको दोस्रो चरणमा कवयित्री रीता महर्जनको तनावंगु किपा (हराएको चित्र) कवितासंग्रह सार्वजनिक गरिएको थियो।

पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै बौद्ध विश्वविद्यायलयका डीन शाक्यले मानवीय भावनाका विविध सन्दर्भलाई कवितामा हार्दिक रूपले अभिव्यक्त गरिएको बताए।

कार्यक्रम चिबाखं साहित्यका संयोजक नरेश अमात्यको अध्यक्षतामा भएको थियो।

लुम्बिनी सम्यक् फाउण्डेसनबाट प्रकाशित उक्त कृतिमा प्रेमको हार्दिकता, सकारात्मक सोचको आग्रह र जीवनको लागि आवश्यक आध्यात्मिक चेत विषयक ३४ कविता रहेका छन्।

सम्बन्धित पोस्ट
  • सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • बेल्जियमका एनआरएन तथा वर्ल्ड नेवा:अर्गनाईजेशनका प्रतिनिधिहरुसँग जापानमा भेटघाट तथा स्वागत कार्यक्रम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑