• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 28, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

स्वयम्भू महाचैत्य १४ औं जिर्णोद्धारको शत वार्षिकी पूजा


सुभाय् संवाददाता October 21, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / किंवदन्ती अनुसार काठमाडौं उपत्यकाको उत्पत्तिको इतिहाससँग जोडिएको महत्वपूर्ण धार्मिक स्थल श्री स्वयम्भू महाचैत्यको अन्तिम पटक पूर्णरुपले जीर्णौद्धार गरिएको सय वर्ष पुगेको अवसरमा कार्तिक २ गते विशेष पूजा गरिएको छ ।
स्वयम्भू महाचैत्य १४औं जीर्णोद्धारको सत वार्षिक पूजामा स्वयम्भू महाचैत्य अनि त्यहाँ रहेका पञ्चवुद्ध तारा लगायत देवी देवताको पूजा वज्राचार्य गुरुजुहएउबाट भएको थियो । स्वयम्भू बुद्धाचार्य पुजारी परिवारद्वारा पँय्‌ता बजाइ पूजामा सहभागी भएका थिए । पूजा १४ औं जिर्णिद्धारको नेतृत्व गर्ने धम्मा साहुका सन्ततिले आयोजना गरेका थिए । यसैक्रममा हारतिमाता, पंचपुरहरु: शान्तिपुर, वसुुपुर, वायुपुर, अग्नीपुर लगायत चैत्यहरुको पनि पूजा गरिएको थियो ।
सय वर्ष अगाडि स्वयम्भू महाचैत्य जीर्णोद्धार गरिएको बेला हर्मिका पुनःस्थापना गरिएको थियो भने चैत्यको माथिल्लो भागमा रहेकोे धातुका सुन लेपन गरिएका कलात्मक चक्काहरु जसलाई त्रियोदश भूवन पनि भनिन्छ त्यसको पनि मर्मत गरिएको थियो ।
स्वयम्भू महाचैत्यको महायान बौद्ध धर्ममा निकै महत्त्वपूर्ण स्थान रहेको छ । महायानी मत अनुसार यो महाचैत्य द्वापर युगमा नैं बनिसकेको विस्वास गरिन्छ । ऐतिहासिक अनुसन्धान अनुसार पाँचौ शताब्दीमा लिच्छवि राजा वृषभदेवको शासनकालमा स्थापना गरिएको देखिन्छ । इतिहासकार बाबुराम आचार्यका अनुसार उनी बि.सं. ५२१ देखि ५६२ सम्म शासन गर्ने प्रसिद्ध लिच्छवि राजा मानदेवका बराजु हुन् । उनको शासनकालमा शान्तिकराचार्यले पंचरश्मीलाई गर्भगृहमा राखेर स्वयम्भू महाचैत्य निर्माण गरेको उल्लेख छ । यो समयमा काठमाडौं उपत्यकामा महायानको निकै प्रभाव रहेको देखिन्छ ।
यो चैत्यको जिर्णोद्धार समय समयमा गरिंदै आएको छ । पछिल्लो पूर्ण जिणोद्धार कार्य राणा प्रधानमन्त्री चन्द्र शमसेरको पालोमा
भएको इतिहास छ ।
१४ औं पटक जीर्णोद्धार गर्न नेपाल सम्वत १०३८ मा तिब्वतको खामका गुरु शाक्यश्रीले  आफ्ना विश्वसनीय शिष्य धर्ममानसिं तुलाधरलाई  जिम्मा दिनुभएको थियो । त्यसलाई उहाँले पुरा गर्नुभएको उल्लेख छ । यसै अवसरमा वार्षिक पूजा गरिंदै आएको छ ।

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑