• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 01, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

चोरी गरी अमेरिका पुर्‍याइएका पुरातात्त्विक महत्वको पौभा: फिर्ताको पहल


सुभाय् संवाददाता August 25, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / आजको चलनचल्तीमा इतुंबहाल भनिने महाबिहारको संस्कृत नाम भाष्कदेवक संस्कारित केशचन्द्र कृत पारावत महा बिहार हो । यहाँ गुंला पर्वको अवसरमा दिपंकर बुद्ध बहिद्य: लगायत विभिन्न देवीदेवताका मूर्ति प्रदर्शन तथा वज्रयान बुद्ध धर्मको महत्वपूर्ण ग्रन्थ प्रज्ञा पारमिताको पाठ गरिन्छ ।
पन्ध्रौं शताब्दीको गगन सिंह भारो (संभवत तत्कालीन एक मन्त्री ईसं १४५०-७४)को यो पौभा: चित्र इतुंबहालमा गुंलामा अरु देवी देवतासँगै प्रदर्शनीमा राखिने प्रचलन रहेको थियो । तर २०३७ सालमा यो पौभा: सहित चिन्तामणि लोकेश्वर लगायत पुरातात्त्विक महत्वका सम्पदाहरु चोरी भयो ।आज यो पौभा: अमेरिकामा रहेका एक भारतीय मूलका व्यक्तिको संकलनमा रहेको छ र उसले यसलाई लिलामीमा राखेको छ । यो पौभा:मा प्रचलित नेपाल लिपिमा चित्रको विवरण लेखिएको छ ।
यता इतुंबहालका संघ सदस्यहरूले यी पौभा:हरु आफ्नो सम्पत्ति भएको र फिर्ता पाउनुपर्ने मुद्दा उठाइ रहेका छन् । उनीहरू सफलताको बाटोमा देखिन्छन् पनि । अमेरिकी प्रहरीले समेत यस विषयमा अध्ययन गरिरहेका कारण यसको लिलामी हुन सकिरहेको अवस्था नभएको र यथेष्ट प्रमाणहरु समेत उता पठाइसकेका कारण यस्ता महत्त्वपूर्ण सम्पदा फिर्ता हुनेमा विश्वस्त रहेको इतुंबहाल केशचन्द्र परावत महाविहार संरक्षण समितिका सचिव प्रज्ञारत्न शाक्य बताउनु हुन्छ ।
उनले यो पौभा चोरी हुनासाथ त्यतिबेला नैं प्रहरी कार्यालय , पुरातत्व बिभाग लगायत ठाउँमा जाहेरी दिएको तर भेटाउन भने नसकेको र सन् २००३ मा अमेरिकाको सिकागोमा भएको प्रदर्शनीमा रहेको क्याटालग हेरेर त्यहाँ रहेको जानकारी पाएको बताए । त्यसपछि फिर्ताको निम्ति प्रक्रिया सुरु गरेको र अहिले पनि त्यो कार्य जारी नैं रहेको बताउँदै ढिलो वा चाँडो आफ्नो महाविहारको सम्पत्तिको रुपमा रहेको पुरातात्त्विक सामान फिर्ता हुनेमा पुन: विश्वास व्यक्त गरे साथै यस्तो बेला मिडियाको भूमिका महत्वपूर्ण हुने र संचारकर्मीहरुले पनि यस्ता विषयमा कलम चलाइ दिए काम अझ चाँडै हुनसक्ने विचार व्यक्त गरे ।

सम्बन्धित पोस्ट
  • काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑