अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र संखमूलमा बनिरहेको नयाँ धम्महलमा प्रतिस्थापित बुद्ध मूर्तिको एक कार्यक्रमका बीच काठमाडौं महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले अनावरण गरेका छन् । यो केन्द्र ध्यान केन्द्रको रुपमा परिचित बौद्ध बिहार हो । यस केन्द्रको नयाँ भवन काठमाडौं महानगर पालिकाको आर्थिक सहयोगमा बनिरहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्था छ । कार्यक्रममा मूर्ति अनावरणपछि मेयर शाक्यले दीप प्रज्वलन गर्नुभएपछि भिक्षु संघद्वारा बुद्धाधाभिषेक मंगल पाठ गर्नुभएको थियो । अनि थेरबादी परम्परा अनुसार बुद्ध पूजा धर्मदेशना भयो । यसपछि मन्तव्यको क्रम सुरु भयो । ” नेपाल बुद्ध जन्मेको देश बुद्ध शिक्षा अध्ययन गर्न बिदेशीहरु नेपाल आउनुपर्ने हो ।यहाँ उल्टो भैरहेको छ । नेपालीहरु बुद्ध शिक्षा अध्ययन गर्न बिदेश जानुपर्ने अवस्था रहेको छ । यस तथ्यलाई ध्यानमा राखेर बुद्ध शिक्षाका केन्द्रहरू बिहार महाबिहार (बहाल बहिल )को जिर्णोद्धार , पुन: निर्माण तथा निर्माण कार्यमा राज्यले पनि योगदान गर्नुपर्ने ठहर गर्दै आफूहरू स्थानीय सरकारमा आएदेखि नैं काठमाडौं महानगर पालिकाले यस्ता कार्यमा सहयोग गर्दै आएको बताए । यसै क्रममा धेरै बहाबहीका जिर्णोद्धार , पुन: निर्माण कार्य भैरहेको र कतिपय पूर्णतातिर रहेको र कतिपय ठाउँमा यहि आर्थिक वर्षबाट बजेट बिनियोजन भएको बताए ।
कार्यक्रमको समापनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरेका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५