• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी


सुभाय् संवाददाता February 8, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

किरणमान बज्राचार्य
कपिलवस्तु / प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौरोकाट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संरक्षित स्मारक क्षेत्र घोषणाको तयारी अघि बढाइएको छ। तिलौराकोटलाई २३ वर्ष अघि नै विश्व सम्पदा सूचीमा सुचीकृत गर्न प्रस्तावका लागि कागजी प्रकृया अघि बढाइएको थियो। तिलौराकोटलाई संरक्षित क्षेत्र घोषणाका लागि तयारीका विषयमा पुरात्व बिभाग, लुम्बिनी बिकास कोष र कपिलवस्तु नगरपालिकाद्वारा संयुक्तरुपमा कपिलवस्तु संग्रहालयमा आयोजित छलफल कार्यक्रमममा सो जानकारी गाराइएको हो।
अहिले फेरि पुरातत्व बिभाग, लुम्बिनी बिकास कोष र कपिलवस्तु नगरपालिकाले तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूची सूचीकृत गर्नका लागि आवश्यक प्रमुख शर्तकारुपमा रहेका संरक्षित क्षेत्र स्मारक घोषणा कार्यक्रम अघि बढाइएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। सदस्य सचिव शाक्य अनुसार तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सन् १९९६ मा नै प्रस्ताव गरिएको थियो। तर त्यसले लामो समय सार्थकता पाउन सकेको थिएन। अहिले भने प्रकृया अघि बढाइएको उनले बताए।
नेपालमा कुल ८ वटा सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन्। त्यस मध्ये ७ वटा काठमाडौं र एउटा ल्म्बिनी छन्। अहिले सम्म विश्वमा ११ सय २१ वटा स्थल सूचीकृत छन्। ऐतिहासिक र धार्मिकरुपमा महत्वपूर्ण स्थलकारुपमा रहेको तिलौराकोट क्षेत्रलाई सूचीकृत गर्न अझै करिब ३ वर्ष समय लाग्ने शाक्यले बताए। पुरातत्व बिभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुंवरले तिलौराकोट क्षेत्रका लागि १ सय ४० बिघा जमिन अधिग्रहण गर्ने योजना रहेको बताए। त्यही क्षेत्रलाई नै संरक्षित स्मारक क्षेत्र घोषणा गरिने उनले बताए। अहिले सम्म ६२ बिघा अधिग्रहण गरी सकिएको छ। यस वर्ष थप ५ बिघा अधिग्रहणका लागि १४ करोड बजेट बिनियोजन भएको छ। संरक्षित क्षेत्र घोषणाका लागि त्यस भेमगा बसोबास गर्नेहरुसंग लिखित प्रतिबद्धता र पालिकाको निर्णय, पर्यटन प्रबद्र्धन र संरक्षणका खाका लगातयका कुराहरु पालना गर्नु पर्ने प्रावधान छ।
कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संरक्षण स्मारक क्षेत्र घोषणाका लागि आफ्नो पुरा साथ रहेको बताए। उनले अब ढिलाइ गर्न नहुने बताए। उनले बिभाग, कोष र पालिकाले एक आपसमा समन्वय गरी आवश्यक तयारी गरी काम अघि बढाउनु पर्ने बताए।
कार्यक्रममा कोषका प्रशासकीय अधिकृत ज्ञानीन राई, सुरेश सुरज श्रेष्ठ, बिभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुंवरले सो घोषणाका लागि चहिने शर्त, पालना गर्नु पर्ने कुरा लगातयका विषयमा जानकारी गराएका थिए। कोषका सदस्य सचिव शाक्यको अध्यक्षता कोषका पुरातत्व अधिकृत हिमाल उत्प्रेतीको संचालनमा भएको कार्यक्रममा कोषका सदस्य राजेश ज्ञवाली कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरी, वडा नम्बर ९ का अध्यक्ष शिवबहादुर वाग्ले नेकपाका केन्द्रीय सदस्य बावुराम खनाल, कांग्रेसका राम आशिष पाण्डेय, जनता समाजवादी फोरमका रामनिवास यादव, गुनाखर गैरेले लगायतले यो कामका लागि अब ढिलाइ गर्न नहुने बताए।
तिलौराकोट बुद्धका पिता राजा सुद्धोदनको राज प्रसाद र बुद्धको क्रिडास्थलकारुपमा लिइएको छ। यो स्थलमा प्राचिन पोखरी, दरबारको भग्नावशेष पर्खाल लागतयका संरक्षनहरु फेला परेका छन्।  (साभार)

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑