• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

ट्रम्पको स्वास्थ्य अवस्था र अमेरिकी चुनाव !

सुभाय् संवाददाता October 3, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

रोशन श्रेष्ठ
दोनाल्ड ट्रम्पलाइ कोरोनाभाइरसले शिकार पारेको समाचार हिजो थाहा भो। अहिले उनमा थकान बेस्मारी बढेछ । उनको उपचारमा परिक्षणकालीन पोलिक्लोनल एन्टीबडी दिने बिधि अपनाइएछ। यो विधि जम्मा २५० जनामा परिक्षण गरीएको रहेछ । यो विधिले भाइरसको बृद्धिदर घटाउने रहेछ । एकैचोटी परिक्षणकालीन विधि नै प्रयोग गरेको हुनाले ट्रम्पको अवस्था संगीन रहेको संकेत दिएको छ।
ट्रम्पले हाइड्रोक्सिक्लोरोकिन, जिंक र एजिथ्रोमाइसिन ले उपचार गर्छ होला भन्ने सोच थियो, यो औषधि उनले गत मे महिनामा प्रयोग गरेको जानकारी दिएका थिए । तर उनको अवस्था छिटै कमजोर भएर गएको पो हो कि भन्ने शंका छ। लामो समय सम्म थोरै मात्र आराम गरी सक्रिय रहेको हुनाले उनको स्वास्थ्य बिग्रने आशंका पहिला नै चर्चित थियो।
बिहान ३ बजे देखि ट्वीटरमा संलग्न देखिने ट्रम्प कतिपय अवस्थामा दिनको ३ फरक फरक राज्यको चुनावी भेलाहरु समेत भ्याइदिन्थे। उनको उमेरको लागि उनको सक्रियता अस्वाभाविक नै थियो। आज उनले कुनै नयाँ ट्वीट गरेका छैनन, र उनको ट्वीट हेरेर बिहानै देखि रोमाञ्चित हुने बानी परीरहेका करोडौं करोडलाइ अहिले खल्लो लागीरहेको होला ।
अहिले उनको अवस्था निकै छिटो छिटो खराब हुँदै गएको आशंका छ। उनलाइ ब्लड क्लटिङ समस्या देखिएको आशंका छ । शायद त्यसैले हाइड्रोक्लोरोकिन प्रयोग नगरेको होला । अहिले केहि बेरमा नै उनलाइ ह्वाइट हाउसबाट वाल्टर रीड सैन्य अस्पतालमा लगिदै छ । हेलीकप्टर अहिले ह्वाइटहाउस बाहिर ट्रम्पलाइ कुरीरहेको छ, टिभीहरुले लाइभ प्रसारण गरीरहेको छ । म पनि त्यहि लाइभ हेर्दै छु ।
ट्रम्पलाइ अहिले जिंक, भिटामिन डि, फेमोटिडाइन, मेलाटोनिन, र एस्पिरिन औषधि दिइरहेको बताइएको छ। पोलीक्लोनल एण्टिबडी दिएपछि उनको शरिरमा त्यसको असर देखिन थालेको बताइन्छ। तर केहि गरी उनको अवस्था बोरिस जोन्सनको झै छिटै खराब हुँदै गए अस्पतालमा नै सजिलो हुन्छ भनेर अस्पताल लान लागेको होला ।
चुनाव हुन जम्मा ३२ दिन बाँकि छ । ट्रम्प छिटो निको नहुने अवस्था आए निकै अनिश्चितता देख्नु पर्ने हुने छ। तर बाइडेन चुनाव प्रचार अभियानले ट्रम्पबिरोधि नकारात्मक चुनाव प्रचार ब्यापक गरीरहेको छ । यस्तो बिरामी अवस्थामा पनि त्यस्तो प्रचार गर्ने? भनेर आलोचित भएपछि बाइडेन चुनावप्रचार अभियानले ती प्रचार सामग्री ट्रम्प बिरामी हुनु अगाडि कै सामाग्री भएको हुनाले प्रसारण हुन गएको भनेर बचाउ गरेको छ र, नकारात्मक चुनाव प्रचार सामग्री सबै स्थगित गर्ने घोषणा गरेको छ।
ट्रम्पको अवस्था मेडियाले छिनछिनमा अपडेट गर्दै गरेको बेला, उनको श्रीमती मेलानियाको अवस्था बारे भने खासै कसैले चर्चा गरेको छैन ।

ट्रम्पको अवस्था मेडियाले छिनछिनमा अपडेट गर्दै गरेको बेला, उनको श्रीमती मेलानियाको अवस्था बारे भने खासै कसैले चर्चा गरेको छैन । यो लेेेख लेेेख्दै गर्द्दा  ऊनी  हेलिकप्टरमा छिरेका छन् । अब केहि मिनेटमा उनको हेलिकप्टर उड्दै छ। अर्को ७२ घण्टा कम्तिमा पनि ट्रम्प अस्पतालमा बस्नुपर्ने  होला ।

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑