• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 07, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन


सुभाय् संवाददाता August 27, 2026 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : ३९ मिनेट

काठमाडौं /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिले विपद्को समयमा उद्धार, राहत तथा आवश्यक सहयोगलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरेको छ।

काठमाडौं जिल्ला समितिको आकस्मिक बैठकबाट वर्तमान आपतकालीन अवस्थालाई मध्यनजर गर्दै पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न जिम्मेवारीसहित उपसमितिमा विभाजन गरिएको जिल्ला समितिले जनाएको छ।

समितिले अर्थ व्यवस्थापन, ब्लड व्यवस्थापन, राहत व्यवस्थापन तथा उद्धार एवं स्वयंसेवक परिचालन लगायतका क्षेत्रमा छुट्टाछुट्टै उपसमिति गठन गरेको छ। यी उपसमितिहरूले विपद्का बेला आवश्यक उद्धार, राहत, रक्त व्यवस्थापन तथा आर्थिक स्रोत परिचालनमा समन्वय र सहजीकरण गर्नेछन्।

जिल्ला समितिका अनुसार उपसमितिको कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सम्बन्धित संयोजकले आवश्यकताअनुसार थप साथीहरूलाई उपसमितिमा सदस्यका रूपमा जोड्न सक्नेछन्।

विपद्को संवेदनशील अवस्थामा सम्बन्धित उपसमितिका संयोजक तथा सदस्यहरूले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा निर्वाह गर्न जिल्ला समितिले आग्रह गरेको छ। साथै काठमाडौं जिल्ला समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न अनुरोध गरिएको छ।

चार प्रमुख उपसमिति

१. अर्थ व्यवस्थापन उपसमिति
संयोजक: सुमन कार्की

२. ब्लड व्यवस्थापन उपसमिति
संयोजक: सौरभ बस्नेत

३. राहत व्यवस्थापन उपसमिति
संयोजक: मुना कार्की

४. उद्धार एवं स्वयंसेवक उपसमिति
संयोजक: केदार प्रसाद शैल

रास्वपा काठमाडौं जिल्ला समितिले विपद्को समयमा पार्टी संरचनालाई मानवीय सहयोग र उद्धार कार्यमा परिचालन गर्ने उद्देश्यले उक्त संयन्त्र तयार गरेको जनाएको छ।

“विपद्को समयमा राजनीति होइन, मानवीय सेवा र सहयोग पहिलो प्राथमिकता हुनुपर्छ” भन्ने भावनासहित संयन्त्रलाई सक्रिय बनाउने तयारी गरिएको छ।

सम्बन्धित पोस्ट
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑