काठमाडौं / सिन्धुपाल्चोकया राम्चे वरिपरि केन्द्रविन्दु बनाइ फेरि पराकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार राम्चेकै आसपास केन्द्रविन्दु बनाइ ३.८ रेक्टर स्केलको पराकम्प गएको हो । पछिल्लो पराकम्प बिहान ६ः१२ बजे गएको थियो । आज बिहान सबेरै ५ः१९ बजे सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको शक्तिशाली भुकम्प गएको थियो ।
काठमाडौं उपत्यकामा ठूलै महसुस गरिएको यो भूकम्पपछि कतिपय मानिसहरु घर बाहिर दौडेका देेेखिन्थे । आजको भूकम्पलाई गोरखा भूकम्पकै पराकम्पको रुपमा लिएको छ । २०७२ सालको महाभूकम्पपछि ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प ५५० पटक पटक भन्दा बढी गएको तथांक छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५