काठमाडौं /कोरोना महामारीकाबीच काठमाडौं उपत्यकाबासीले भूकम्पको ठूलो झटका महसुस गरेका छन् । सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।उनले सााामाजिक संजाल मार्फत यसको जानकारी गराएका थिए ।
भूकम्पको धक्का ठूलै भएकोले काठमाडौं उपत्यकादेखि पोखरामा पनि महसुस गरिएको थियो । यसैबीच भारतको राष्ट्रिय भूकम्प केन्द्र (The center for Seismology)ले नेपालको राजधानी काठमाडौंबाट ५० किमि पूर्वतर्फ केन्द्रविन्दु भएको ५.४ रेक्टर स्केलको भुकम्प गएको सार्वजनिक गरेको छ । पूर्ण विवरण आउन बाकी रहेेेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५