यल, ललितपुर / बुंग: करुणामय रातो मच्छिन्द्र नाथ तान्ने क्रममा भाद्र १८ गते विहिबार भएको झडपको क्रममा पक्राउ गरि हिरासतमा राखिएका अभियन्ता तथा स्थानीय युवा र पत्रकारहरुको बिना शर्त रिहाईको माग राख्दै ठाउँ ठाँउमा प्रदर्शन जारी रहेको छ । यसैबीच बुधबार पनि उपत्यकाका विभिन्न ठाउँमा प्रदर्सन भएका छन् । काठमाडौंको असनमा रिहाईको प्लेकार्ड बोकेर स्थानीय युवाहरूले प्रदर्सन गरेका छन् । यसप्रकारको विरोध प्रदर्शनकारी उपत्यकाका टोल टोल र बस्ती बस्तीमा बिस्तारित हुँदै गएको छ ।
यसैबीच सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै सम्पदाप्रेमी स्थानीय युवाहरुले जल देय् हरिसिद्धिमा मसाल जुलुस निकालेका छन् । ठूलै युवा समूहको सहभागिता रहेको यस मशाल जुलुसले सरकार विरोधी नारा समेत लगाई हिरासतमा लिइएका आफ्ना सहकर्मीहरुको रिहाईको माग गरे । मशाल जुलुस लाछीबाट सुरु भइे हरिसिद्धिका बिभिन्न स्थानको परीक्रमा गरी त्यहाँको धल्कोमा एक कोण सभा गरी समापन गरिएको थियो । कोण सभामा बोल्दै अभियन्ता कृष्ण गोपाल भायोले लगायतका वक्ताहरुले प्रक्राउ परेका सबैको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
गत बिहीवार पुल्चोक रथयात्राको क्रममा बल प्रयोग गरि नियन्त्रणमा लिइएका अभियन्ता युवाहरूको रिहाईको माग राख्दै हिजो बुधबार ललितपुरको मंगल बजार, जलदेय् हरिसिद्धी , बुंगमति ,काठमाडौंको जोशीदेगल , असन ,टोखा लगायतया ठाउंमा विरोध प्रर्दशन भएका छ्न् । यसरी ऊनीहरुले सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण जुलुस , मशाल जुलुस, प्लेकार्ड सहित शान्तिपूर्ण विरोध प्रदर्शन गरी अभियन्ताहरुको रिहाईको माग गरेका थिए ।
पक्राउ गरि हिरासतमा राखिएका अभियन्ताहरुको रिहाईको माग राख्दै काठमाडौं बाहिर रौतहटमा पनि विरोध प्रदर्शन भएको थियो । यसैक्रममा टोखा,साँखु ,थिमि, खोकना, कीर्तिपुर , पनौती ,लगायतका ठाँउमा दिनहुँ जस्तै प्रदर्शन भइरहेको छ ।
पुल्चोक घटनामा गिरफ्तार गरिएका २० जना मध्ये बुधबारसम्ममा १२ जनालाई रिहा गरिएको छ ।
बुधवार रत्नलाल श्रेष्ठ र अनिस महर्जन रिहा भएका थिए भने अझै आठ जना युवा अभियन्ताहरु हिरासतमा रहेका छन् ।
उनीहरूलाई छोड्नको निम्ति आवश्यक सबै प्रक्रिया पूरा भइसक्दा पनि रिहा नगरिएकोमा आशंका व्यक्त गरिन थालिएका छन् । पक्राउ परेका अभियन्ताहरुमध्ये केही काठमाडौं उपत्यकाका सम्पदा अभियानमा सक्रिय युवाहरु तथा खोकनामा फास्ट ट्रायकले त्यहाँको आदिवासीलाई विस्थापित गर्न लागेको विरोधमा उत्रिएका नेतृत्व गरेका अभियन्ताहरु समेत रहेका छन् ।उनीहरूको रिहाइको निम्ति सर्वत्रबाट दबाब दिने कार्य भइरहेपनि अझै रिहा नगरेकोमा सम्पदाप्रेमी जन समुदाय आक्रोसित बनेको छ । “उहांँरूलाई अन्य मुद्दामा फसाउन त खोजेको हैन” एक अभियन्ताले आशंका व्यक्त गरे ।”हामी रिहा नगरिएसम्म विरोध जारी राख्ने छौं उनलेे भने ।
पछिल्लो समयमा राजनीतिकवृत्तबाट समेत उनीहरूको रिहाइको पहल भइरहेको बताइएको छ । सेभ नेवा: भ्यालीका तर्फबाट पनि अभियन्तताहरुको रिहाइको पहल गरिरहेको संस्थाका संयोजक शैलेश शाक्यले बताए । फोटो : बाबुकाजी जल्मि ,फोटो : सामाजिक संजाल
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५