• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

चौतर्फी दबाबपछि रथ यात्राको क्रममा हिरासतमा लिइएका अभियन्ता तथा युवाहरूलाई रिहा गरिंंदै


सुभाय् संवाददाताSeptember 7, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

यल, ललितपुर / बुंग: करुणामय रथ तान्ने क्रममा प्रहरीले हस्तक्षेप गरि नियन्त्रणमा लिएका अभियन्ता तथा युवाहरूलाई रिहाई गरिन लागेको कुरा विश्वस्त सुत्रले जनाएको छ ।               भाद्र १८ गते रथ यात्राको निम्ति दबाब दिन ललितपुरको पुल्चोक  पुगेका अभियन्ता तथा स्थानीय युवामाथि प्रहरीले पानीको फोहरा ,अश्रु ग्यांस प्रहार र लाठीचार्ज समेत गरि बल प्रयोग गरेका थिए । यसपछि तनाव बढ्दै गएपछि प्रहरीले यादव लाल कायस्थ असोज महर्जन लगायत अभियन्ताहरु र स्थानीय युवा र पत्रकार समेत १७ जनालाई नियन्त्रणमा लिएको थियो । भोलिपल्ट पनि घर घरमा गई केही युवाहरूलाई प्रहरीले पक्राउ गरेको थियो । हिजो आइतबारसम्म ३ जना रिहा गरिएको थियो भने चौतर्फी विरोध र दबाब आएपछि यसरी अभियन्ता युवाहरूलाई हिरासत मुक्त गरिन लागेको खबर आएको छ । यसका निम्ति नेवा: राजनीतिक नेता , अग्रज अभियन्ता र विभिन्न संघ संस्था समेत हिरासतमा राखिएका युवाहरूको रिहाईका निम्ति पहल गरेका थिए । नेपाल भाषा मंका: खल:का अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ ,सांसद राजेन्द्र श्रेष्ठ , नेवा: अगुवा मल्ल के सुन्दर र विभिन्न संघ संस्था पहलमा व्यस्त थिए । उनीहरूलाई रिहा नगरिए आज गृहमन्त्रीलाई भेटेर छलफल गर्ने समाचार बाहिर आएको थियो । अब सिडियो कार्यालयबाट नै रिहाईको प्रक्रिया मिल्ने भएपछि  गृहमन्त्री भेट्नु नपर्ने कुरा एक नेवा: अगुवाले बताएका छ्न् ।                                                                 यो समाचार तयार गर्दासम्म भने अभियन्ताहरुको रिहाइको  खबर आएको छैन । कुन बेला रिहाई दिइन्छ त्यसबारे भने स्पष्ट बताइएको छैन ।यसभन्दा अगाडि  अभियन्ताहरुको पक्राउको विरोधमा खोकना, साँखु लगायत विभिन्न ठाउँमा रिहाईको माग राख्दै ब्यानर प्लेकार्ड सहित युवाहरूले विरोध प्रदर्सन समेत सुरु गरेका थिए ।

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑