• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 28, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुनेछु – मेयर शाक्य


सुभाय् संवाददाता September 1, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

“म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।” – मेयर विद्या सुन्दर शाक्य

काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन् । आज एक अपिल जारी गर्दै प्रमुख शाक्यले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन, मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ” भन्दै उनले जारी गरेको अपिलमा “यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।”भनी उल्लेख गरेका छन् ।

उनले उच्च सावधानी अपनाउँदै कोभिड-१९ को महामारी नियन्त्रण, रोकथाम र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको भन्दै उनले ‘‘विश्व नै अहिले कोरोनाको कहरमा छ । नेपालमा पनि हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ । संघीय राजधानी काठमाडौँ उपत्यका र काठमाडौैं महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।’ उल्लेख गरेका छ्न् ।
गत भदौ १४ गते आइतबार धर्मपत्नीलाई १००° डिग्रीभन्दा बढी ज्वरो देखिएको र दुुबै जना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेको र चिकित्सकको सल्लाह अनुसार दुबैले पिसिआर परीक्षणका लागि स्वाब परिक्षणका निम्ति दिएकोमा सोमबार आफूलाई अस्पतालले कोरोना संक्रमण भएको जानकारी दिएको बताउँदै आफ्नी पत्नीको भने नेगेटिभ रिपोर्ट आएको बताएका छ्न् । स्वाब टेस्टका लागि दिएर आइसकेपछि स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेको पनि उनले जानकारी दिए ।
आफूमा कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको बताउँदै उनले अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको जानकारी गराउँदै भने ” मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरहेको जानकारी गराउन चाहन्छु ।”
“जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु । होम आइसोलेसनमा रहे पनि काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने छु ।’ भन्दै अपिलमा प्रमुख शाक्यले आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
“लकडाउनको शुरुको अवस्थादेखि अहिले जारी निषधाज्ञासम्म काठमाडौँवासी र सेवाग्राहीको सेवामा घरपरिवार र जीवनसमेत प्रवाह नगरी कठिन अवस्थामा पनि अहोरात्र खटिरहनु भएका जनप्रतिनिधि र कर्मचारीप्रति उच्च सम्मान छ । कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन । यस्तो अबस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा–प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु ।” भन्दै उनले
‘काठमाडौँ महानगरपालिका र उपत्यका नगरपालिका फोरमका नियमित कामलाई निरन्तर अघि बढाउन प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ भनी उल्लेख गरेका छ्न् ।
देश–विदेशबाट टेलिफोन, भाइबर, म्यासेन्जरसँगै विभिन्न माध्ययमबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गर्दै हजारौँ शुभेच्छुकले व्यक्त गर्नुभएको अपार शुभेच्छालाई आत्मसात् गरेको बताउँदै मेयर शाक्यले विभिन्न राजनीतिक दल, संघसंस्था र विभिन्न ओहदामा रहनु भएका व्यक्तित्वहरुले गर्नु भएको शुभेच्छालाई ग्रहण गरेको बताउँदै भने “सबैको शुभेच्छालाई यही अपिलमार्फत धन्यवाद भन्न चाहन्छु । मलाई संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म मेरो प्रत्यक्ष सम्पर्कमा आउनु भएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पिसिआर परीक्षण गराउनु हुन पनि अनुरोध गर्दछु । ”
” कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्लैले जित्न नसकिने भन्दै आआफ्नो ठाउँबाट संयुक्त रूपमा प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गरे ।
उनले अपील मार्फत संक्रमित भनेर कसैले कसैला दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गरेका छ्न् ।

” म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।” – मेयर विद्या सुन्दर शाक्य

सम्बन्धित पोस्ट
  • १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?
  • विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    सुभाय् पोस्ट बिशेष

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑