काठमाडौं / कोरोना नियन्त्रणका लागि फ्रन्टलाईनमा बसेर सक्रिय भएर कार्य क्षेत्रमा लागेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।
दुई दिनअघि आफ्नी श्रीमतीलाई जोरो आएपछि ग्राण्डी अस्पतालमा जचाउन पुगेका उनीहरूको स्वाब टेस्ट गरिएको थियो । आज सोमबार उनमा कोरोना संक्रमण भएको जानकारी गराइएको बताइएको छ । उनकी पत्नीलाई भने कोरोना संक्रमण नदेखिएको बताइन्छ ।
मेयर शाक्य अहिले होम आइसोलेसनमा बसेका छन् । उनमा संक्रमणको लक्षण देखिएको छैन ।
हरेक कार्यक्रममा फ्रन्टलाइनमा बसेर कार्य गर्दै गर्दा काठमाडौं महानगरका मेयरमा संक्रमण भएको स्पष्ट देखिन्छ । उनले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्न निकै प्रयास गरेका थिए । तर संघीय सरकारबाट आवश्यक सहयोग समयमा पाउन नसकेका कारण उपत्यकामा संक्रमण बढेको छ । उनले सुरुदेखि नैं काठमाडौं उपत्यका छिर्ने नाका सिल गर्नुपर्ने कडाइ गर्नुपर्ने आवाज उठाउँदै आएका थिए । काठमाडौंमा संक्रमण बढनुको कारण बाहिरबाट बिना स्वीकृति, बिना क्वारेन्टाइन बसाइ, बिना टेस्ट संक्रमितहरु सिधै काठमाडौं उपत्यका छिरेका कारण हो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५