काठमाडौँ /काठमाडाैँ उपत्यकामा भदौ २ गते हालसम्मकै सबैभन्दा बढी जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा
काठमाडाैँमा २०५ जनामा सङ्क्रमितको पुष्टि भएको बताएको हो ।तीमध्य काठमाडाैँमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना
सङ्क्रमितको पुष्टि भएको छ ।
देशभरि पनि आज हालसम्मकै बढी १ हजार १६ जना सङ्क्रमित पुष्टि भएको छ ।
काठमाडौँ उपत्यकामा पछिल्लो एक सातादेखि दैनिक एक सय जनामा सङ्क्रमित फेला पर्दैआएको छ ।
शनिबार मात्रै ९८ जना सङ्क्रमितको पुष्टि भएको थियो । सोमबार १६८ जना सङ्क्रमितको पुष्टि भएको थियो ।
आइतबार ११९ जना सङ्क्रमित फेला परेको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५