काठमाडौँ / काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनानुदिन बढिरहेको छ । संक्रमित बढेपनि सरकारको भने काठमाडौंमा कुनै किसिमको लकडाउन गर्ने योजना रहेको भने देखिंदैन । विज्ञहरुले कम से कम दुई हप्ता लक डाउन गर्न सुुुझाव दिएका थिए। उपत्यकामा जोखिम निकै बढेको छ । दुई हप्ता लकडाउन गर्न स्थानीयबासीले पनि भनिरहेको छ । आज सोमबारकाउपत्यकामा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १६८ पुगेको छ । यो आजसम्मकै उच्च रेकर्ड हो । तीमध्ये काठमाडाैँमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना थपिएका छन् ।
काठमाडौं उपत्यका सहित देशभर ५८१ जना थप कोरोना भाइरसका सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५२० जनामा पीसीआर परीक्षण गरिएकोमा ५८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५