काठमाडौं / आज सोमबार २६ गते काठमाडौं उपत्यकामा ४४ नयाँ संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्र ३६ जना थपिएका छन् त्यसैगरी ललितपुर र भक्तपुरमा ४/४ जना थपिएका छन् । यसैबीच काठमाडौं उपत्यकामा समुदायमा कोरोना फैलन नदिन १५ अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द गर्ने प्रवेश नाका सिल गर्ने काठमाडौं उपत्यका नगर पालिका फोरमले निर्णय गरेको छ ।
यसैगरी देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाँकेमा ६३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका २३, पर्साका २२, सर्लाहीका २१, दैलेखका १७, प्युठान र मोरङका १५/१५ जना, धनुषाका १३ र कपिलपस्तुका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कैलाली र सल्यानका ७/७ जना, सिन्धुली ६, दाङ ५, ललितपुर, भक्तपुर र नुवाकोटका ४/४ जना, महोत्तरी, बारा र गोरखाका ३/३ जना, मोरङ, बर्दिया, तनहुँ र नवलपुरका २/२ जना तथा झापा, अछाम, अर्घाखाँची, बाग्लुङ, सिन्धुपाल्चोक, चितवन, स्याङ्जा, रोल्पा, सुर्खेत, बैतडी, बझाङ, पाल्पा, रामेछाप, रुपन्देहीका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५