• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 11, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

“पशुपति क्षेत्र विकास कोषले ल्याएको नयाँ योजना नै खारेज हुनुपर्छ” – पूर्व सदस्य सचिव शाक्य


सुभाय् संवाददाताAugust 9, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

मीरा अमात्य राजभण्डारी                                                                                                                                          काठमाडौं / पशुपति क्षेत्र विकास कोषले नयाँ गुरु योजना ल्याई त्यहाँ लिच्छविकालदेखि बसोबास गर्दै आएका नेवार समुदायको बस्ती नै उठाउन खोजेको उक्त कोषका पूर्व सदस्य-सचिव , वनस्पतिविद पर्मानन्द शाक्यले आरोप लगाएका छन् ।
सनातनी हिन्दू र बौद्ध धर्म सम्प्रदाय लगायतका धर्म संस्कृतिसँग प्रत्यक्ष सरोकार राख्ने सबैसँग परामर्श गरी पशुपतिका कुनै पनि बिकास निर्माण कार्य गर्नु पर्ने उनको सुझाव थियो । पशुपति क्षेत्र बिकासको नीतिले स्थानिय अधिकारवाला र सरोकारवाला आदिवासी जनजाति रैथाने नेवालाई बिस्थापित हुने गरी ल्याइने नीतिका बिरुद्ध अब नेवा समुदाय नै अघि सर्नुपर्छ भन्ने उनको सुझाव छ साथै उनले बिगतका नीति ऐन लगायत नयाँ गुरु योजना नै खारेज गरिनु पर्ने विचार व्यक्त गरेका छन् ।
अहिलेसम्मको काम कार्वाही हेेेर्दा पशुपति मन्दिरसँग जोडिएको मौलिक धर्म संस्कृति र त्यसका अभ्यासकर्ता र व्यवस्थापक नेवा: समुदायलाई बिस्थापित गर्ने उद्देश्यले ल्याइएको हुनाले यसका बिरुद्ध नेवा: लगायत नागरिक अगुवा, नेतृत्व वर्ग लाग्नु आजको आवश्यकता हो उनले भने । बिकास कोष पशुपति मन्दीर क्षेत्रका विश्वरुपा मन्दीर, गुह्यस्वरी मन्दीर लगायत भुकम्पमा क्षति मठ – मन्दीरको संरक्षण र पुन निर्माण गर्नु भन्दा स्थानिय रैथानेलाई हताउन तिरै ध्यान केन्द्रित रहेको उनले बताए।

देशको पहिचान धर्म संस्कृतिसँग प्रत्यक्ष सरोकार राख्ने समुदाय जातिबिशेषले नै आफ्नो धर्म संस्कृति जोगाउने र ब्यबस्थापन गर्ने कार्य गरी रहेको हुन्छन् । तर पशुपति मन्दीरको व्यवस्थापकलाई विस्थापित गर्ने उद्देश्येले ल्याइएको नयाँ गुरु योजनाले नेपालको मौलिक सम्पदा र र संस्कृतिको समेत बिनास गर्नेछ पूर्व सदस्य सचिव शाक्यको ठहर छ । तसर्थ नेपाल सरकारले पशुपति क्षेत्रको बिकासकालागि स्थानिय समुदायसँग छलफल गरी मात्र प्राचिन मौलिक सम्पदा संस्कृति मानव संशाधनलाई असर नपर्ने गरी बिकास निर्माणका काम अगाडि बढाउनुपर्ने बताए । कोषको एैन नियमावली नै अवरोध भएको हुनाले जरैदेखि निर्मुलिकरण हुनु पर्ने उहाँको ठहर छ ।
नयाँ गुरु योजनाले पशुपती आर्घा्य्यटको ब्रम्हनाल विस्थापनदेखि पशुपतिका नौ द्वार, नौ इनार, नौ गणेशको क्षेत्र भित्र रहेका सबै मानवीय सम्पदालाई कन्क्रिटको सङ्या दिदै हजारौ बर्ष देखीका बासस्थान भएको क्षेत्रलाई अतिक्रमित क्षेत्र भएको लिखित आरोप सो गुरु योजनामा उल्लेख गरिएको छ। मचातिया जात्रा मनाइने सुन्धारा आसपासदेखि सिफल कालो पुलसम्म र उत्तरमा चन्द्र बिनायक गणेश मन्दीर वरिपरिका बासिन्दा रहेको क्षेत्र लगायतसमेतलाई गोलमटोल हिसाबमा अतिक्रमित क्षेत्र भन्दै भविष्यमा सो क्षेत्र पूर्णरुपमा बिस्थापित गरिने यस गुरु योजनाले व्याख्या गरेको छ । बिगतको गुरु योजनामा स्पस्ट लेखिएको थियो, पशुपती मन्दीरसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय मूलवासीका भौतिक सम्पदाहरु भत्काइने बिगारिने छैन भनेर । मौलिक बास्तु अनुसार पुन:र्निर्माण गरी ब्यबस्थापन गरिने छ भन्ने मात्र उल्लेख गरिएको थियो । यो नयाँ गुरुयोजना लागु भएमा पशुपति क्षेत्रका तीन हजार घर भौतिक संरचनाहरु भत्किने छन् भने काठमाडौंका सबै जात्रा पर्वको समेत ब्यबस्थापन गरी आएका गोल क्षेत्रका नेवा: समुदाय पुरै बिस्थापित हुने छन् उनले भने । बिस्तारित् बस्तीमा अन्यको समेत घर आवास निर्माण गरी भोग चलन गर्दै आएकाहरुको समेतको घर भत्किने निश्चित छ। व्यापक विरोधपछि हाललाई एक महिनाको लागि स्थगित गरिएको सो गुरु योजना खारेजीका लागि सबै सरोकारवाला तथा अधिकारवालाबिच परामर्श बहस तथा आन्दोलनका कार्यक्रमले भने निरन्तरता पाइरहेको अवस्था रहेको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑