काठमाडौँ / बलिउडका महानायक सिनेमा अभिताभ बच्चनले कोरोना जित्न सफल भएका छन्। उनी निको भएर आज अस्पतालबाट डिस्चार्ज भएको उनले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिएका छन् । उनका छोरा अभिषेक बच्चनले पनि ट्विटरमार्फत ऊनी निको भएर घर फर्केको जानकारी गराएका छन्।
अमिताभ बच्चन २३ दिनको अस्पताल बसाइपछि आज बिहान गरिएको टेस्टमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । उनी डिस्चार्ज गरिए पनि घरमा क्वारेन्टाइनमा बस्नेछन् ।उनका बुहारी ऐश्वर्या पनि डिस्चार्ज भइसकेका छन् भने छोरा अभिषेकलाई भने अझै पोजिटिभ देखिएकाले अस्पतालमै रहेको समाचारमा जनाइएको छ ।
“भगवानको कृपाले , आमा बुबाको आशिर्वाद अनि तपाईं शुभेच्छुकहरुको शुभेच्छा र प्रार्थना अनि नानावती अस्पतालका डाक्टर नर्सहरुको राम्रो हेरचाहले म कोरोना जित्न सफल भएको छु । सबैप्रति दुई हात जोडेर साधुवाद भन्न चाहन्छु ” अमिताभले आफ्नो पेजमा लेखेका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५