काठमाडौं / पशुपति क्षेत्र बिकास कोषले ल्याएको नयाँ गुरुयोजनाले प्राचीन ग्वल बस्ती तथा यहाँको जात्रा पर्व , संस्कृतिलाई विस्थापित गर्ने र यो दुराशयपूर्ण भएको भन्दै त्यहाँ नयाँ गुरुयोजनाको बिरोधमा संघर्ष समितिको आह्वानमा आज शनिबार ग्वल देय् देवपटनमा बिरोध प्रदर्शन भएको छ।
विभिन्न ठाउँबाट आएका अभियन्ताहरु समेत स्थानीय ग्वलबासीको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका थिए ।
बिरोध जुलुसमा लाखय् सहित त्यहाँको सांस्कृतिक झाँकी पनि निस्किएका थिए । यो नयाँ गुरु योजना लागू गरिए लिच्छविकालिन ग्वल देय् को बस्ती समेत विस्थापित हुनेछ । बस्ती हटाए पशुपतिको सबै अमूर्त सम्पदा जात्रापर्व लुप्त हुनेछ । संघर्ष समितिका सचिब केदारमान भण्डारीलेे भने ।
प्रदर्शनकारीहरुले विकाश कोषका पदाधिकारीहरुको राजीनामाको माग गरेका थिए । यसभन्दा अगाडि एक कार्यक्रममा पशुपति क्षेत्र विकास कोषको खारेजीको माग गरिएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५