• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

मुम्बईको ‘झुपड-बस्ती’का आधाभन्दा बढीलाई कोरोना संक्रमण !


सुभाय् संवाददाताAugust 1, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

नयाँदिल्ली । मुम्बई सहरको झुपड-बस्तीमा बस्ने आधाभन्दा बढी मानिस कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भइसकेको हुनसक्ने एक अध्ययनले देखाएको छ । साथै बाहिरको तुलनामा त्यहाँ तीव्र गतिमा संक्रमण फैलिएको देखिन्छ ।सरकारी थिंकट्यांक नीति आयोग र द टाटा फण्डामेन्टल रिसर्चले मुम्बईको तीन क्षेत्रको झुपड-बस्तीमा कोरोना भाइरसको संक्रमणबारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सात हजारको मानिसलाई सहभागी गराइएको थियो ।सहभागीमध्ये मुम्बईको चेम्बुर, मटुङ्गा र दहिसार क्षेत्रको झुपड-बस्तीका ५७ प्रतिशत मानिसमा एन्टीबडी पोजेटिभ पाइयो भने झुपड-बस्तीभन्दा बाहिरका १६ प्रतिशत मात्र एन्टीबडी पोजेटिभ आयो । यसकै आधारमा शोधकर्ताहरुले झुपड-बस्तीमा बस्ने आधाभन्दा बढी मानिस संक्रमित भइसकेको दाबी गरेका हुन् । तर वैज्ञानिकहरुले यो सर्वेक्षण समग्र सहरको लागि प्रतिनिधिमूलक भएको दाबी भने गर्न नसकिने बताएका छन् । किनकी यो सर्वेक्षण सहरको २४ मध्ये केवल तीनओटा वार्डमा गरिएको थियो । टीआईएफआरका डाक्टर सन्दीप जुनेजाले भने झुपड बस्तीहरुको अवस्था सर्वेक्षणमा देखिएभन्दा धेरै भिन्न नभएको बताए । साथै यो अध्ययनले भारतमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुम्बई सहरको धेरै विषय उजागर गरेको शोधकर्ताहरुको दाबी छ ।पहिलो, मुम्बईको झुपड-बस्तीहरुमा अनुमान गरिएभन्दा निकै तीव्र गतिमा कोरोनाको संक्रमण फैलिएको छ । अध्ययनमा सहभागी गराइएको शहरीको पश्चिम, पूर्वी र मध्यभागका तीन क्षेत्रमा करिब १५ लाख मानिसको बसोबास छ भने समग्र झुपडबस्तीमा करिव एक करोड २५ लाख मानिस बस्छन् । ‘हामीले परीक्षणको लागि छनोट गरेको क्षेत्रमा झुपड-बस्ती, एक्ला घरहरु र हाउजिङ कम्प्लेक्स पनि थिए र त्यहाँ कोरोना संक्रमणको अवस्था फरकफरक थियो,’ टाटा इन्स्टिच्युट अफ फाण्डामेन्टल रिसर्च (टीआईएफआर)का डाक्टर उल्लास एस कोल्ठुरले भने ।दोस्रो, विश्वका ठूला सहरमा गरिएको सर्वेक्षणमा भन्दा यहाँ संक्रमणको दर बढी पाइएको छ । बेलायतको लण्डनमा प्रत्येक ६ जना मानिसमध्ये एक जनामा एन्टिबडी पोजेटिभ पाइएको थियो भने अमेरिकाको न्युयोर्कमा भने पाँच जनामध्ये एक जनामा । दुई सर्वेक्षण गत मे र जुलाई महिनामा गरिएको थियो । जुलाईमै दिल्लीमा गरिएको सर्वेक्षणमा चार जनामध्ये एकजनाको एन्टिबडी पोजेटिभ आएको थियो । तेस्रो, मुम्बईको झुपड-बस्तीमा कोरोना भाइरसको संक्रमणदर उच्च रहनुको कारण यहाँका शौचालयलगायतका सुविधाहरु धेरै मानिसले प्रयोग गर्ने गरी साझा हुनु हो । ‘यो नतिजाले अत्याधिक भिडभाडले कोरोना भाइरसको संक्रमण फैलाउनमा मुख्य भूमिका खेल्छ भन्ने देखाएको छ’, डाक्टर जुनेजा भन्छन् । चौथो, अध्ययनले ठूलो संख्यामा मानिसहरु संक्रमित भएको तर, लक्षण नदेखी निको पनि भएका छन् । यो क्षेत्रमा कोरोनाको मृत्युदर पनि निकै कम रहेको पाइएको छ । यो क्षेत्रमा एकदेखि दुई हजार संक्रमितमा एक जनाको मृत्यु भएको छ । यसले कोरोना भाइरसबाट सहरको मृत्युदर पनि घटाएको छ । पाँचौं, झुपड-बस्ती र अन्य बस्तीमा कोरोनाबाट संक्रमित हुनेमा पुरुषको तुलनामा महिला धेरै छन् । ‘यसको कारण हामीलाई थाहा छैन, तर यो निकै चाखलाग्दो विषय हो । सामाजिक व्यवहारदेखि मनोवैज्ञानिक असमानतासम्मका कुनै पनि कारणले यस्तो भएको हुनसक्छ’, डाक्टर कोल्ठुर बताउँछन् । उसो त कोरोना संक्रमण वृद्धिद्धरमा कमी आएसँगै मुम्बईमा ‘हर्ड इम्युनिटी’ विकास भएको हो ? भन्ने प्रश्न उठेको छ । मंगलबार मुम्बईमा ७१७ नयाँ संक्रमित फेला परेका थिए । यो संख्या तीन महिनायताकै कम हो । हर्ड इम्युनिटी पर्याप्त मानिसमा कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्थालाई भनिन्छ । ‘अहिले यसै हो भन्न सकिँदैन,’ कोल्ठुर भन्छन्, ‘मानिसमा कति समयसम्म एन्टिबडी बाँकी रहन्छ भन्ने हामीलाई थाहा छैन । फेरि-फेरि सर्वेक्षण गरेपछि मात्र यसको उत्तर पाउँछौँ ।’ उनका अनुसार आगामी अगष्टमा पुनः सर्वेक्षण गरिनेछ । यसमा कोरोना भाइरसको संक्रमण बढ्यो कि बढेन ? भन्ने अध्ययन गरिनेछ । वैज्ञानिकहरुले भने मानिसमा एन्टिबडी विकास हुनुले कोरोना भाइरसबाट पूर्णरुपमा सुरक्षित हुने सुनिश्चित नगर्ने बताउँदै आएका छन् । तर एन्टिबडीको मात्राले प्रतिरोधी क्षमता कति विकास भयो भन्ने बुझ्न सकिने उनीहरुको भनाइ छ । साथै कोरोनाविरुद्धको एन्टिबडी ९० दिनमा घट्दै आउने वैज्ञानिकहरुको भनाइ छ । थिंक ट्यांक पब्लिक हेल्थ फाउण्डेसन अफ इन्डियाका अध्यक्ष के श्रीनाथका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमताले कसरी काम गर्छ भन्ने स्पष्ट भइसकेको छैन । यस्तोमा अवस्थामा आशा गर्नु र पर्खनुको विकल्प छैन ।
स्रोत : बीबीसी

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑