• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 30, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

काठमाडौंमा आज ४५ जना थप संक्रमित ,जोखिममा काठमाडौं , रोग नियन्त्रणका लागि आवश्यक कार्य नगरेको भन्दै स्थानीयबासी सरकारप्रति आक्रोसित


सुभाय् संवाददाता July 30, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं /  आज बिहीबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौंका ४१ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १३ जना, शिक्षण अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा ३ जना र स्टार अस्पतालमा २ जनामा संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका २ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका २ जनामा संक्रमण देखिएको हो ।
नेपालभरि पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २७४ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ३०४ जनाको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २७४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोभिड-१९ को कुल सङ्क्रमितको संख्या १९ हजार ५४७ पुगेको जानकारी दिए । नेपालमा हाल पाँच हजार २२७ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा २२७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २७८ पुगेको छ । हाल १३ हजार २०१ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोनाको इपिसेण्टरको रूपमा काठमाडौं उपत्यका देखिएको छ । तर उपत्यकामा स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकारले यसलाई नियन्त्रण गर्न कुनै नयाँ उपाय अपनाएको देखिंदैन ।
उपत्यकाबासी त्रसित छन् साथै सरकारप्रति आक्रासित पनि बनेका छन् । २ जनामा संक्रमण हुँदा कडा लक्डाउन गर्ने तर अहिले जोखिमपूर्ण अवस्था हुँदा पनि लक्डाउन अझ खुल्ला गरेर सरकारले के गर्न खोजेको भनी उनीहरूले प्रश्न गरेका छन् । काठमाडौंमा संक्रमण हुनुको मूल कारण बाहिरबाट मनपरि मानिसलाई उपत्यकामा प्रवेश गर्न दिनुका कारण भएको हो । यसको पूर्ण जिम्मेवार सरकार हो । उनीहरूले आक्रोश पोखेका छन् ।

सम्बन्धित पोस्ट
  • १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?
  • विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    सुभाय् पोस्ट बिशेष

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑