• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 26, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

गब्बर सिंह आफ्नो नामले भन्दा पात्रको नामबाट प्रख्यात अभिनेता


सुभाय् संवाददाताJuly 27, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

अमजद खान याने कि गब्बर सिंह , बलिउडमा एकताका तहल्का मच्चाउन सफल नाम । पहिलो फिल्म शोलेको  अभिनयबाटै  गब्बरको नामले चर्चित हुन सफल अभिनेता ।
२० वर्षको फिल्मी करियरमा यिनले १३० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए!
यिनी अभिनेता जयन्तका छोरा हुन् र इम्तियाज खानका दाई हुन्!
फिल्ममा आउनुअघि यिनी थियटर कलाकार थिए!
यिनी १२० kg का थिए!
यिनले दर्शन शास्त्र (Philosophy) मा स्नातकोत्तर गरेका थिए! !
१९५१ को फिल्म ‘नाजनीन’ यिनीद्वारा अभिनीत पहिलो फिल्म थियो! त्यसपछि यिनले १९५७ को फिल्म ‘अब दिल्ली दूर नहीं’मा अभिनय गरेका थिए!
यिनले आफ्नो बाउ जयन्तको केही फिल्ममा ससाना भूमिकामा पनि काम गरेका थिए!
१९७३ को ‘हिन्दुस्तान की कसम’ बाट यिनले वयस्क भूमिकामा अभिनय गरेका थिए!
१९६५मा यिनी आफ्नो बाउ इम्तियाजले बनाउन लागेको र भाई इम्तियाजले निर्देशन गर्ने फिल्म ‘पत्थर के सनम’ मा हिरिको भूमिकामा अभिनय गर्नेवाला थिए! तर फिल्मको निर्माण बन्द भयो! पछि यही नामबाट मनोज कुमारले फिल्म बनाएका थिए!
१९७५ को ‘शोले’ फिल्मबाट यिनले व्यापक लोकप्रियता प्राप्त गरेका थिए र यिनी गब्बर नामबाट चिनिए!
शोले फिल्ममा गब्बर सिंहको भूमिकामा शुरुमा डैनी डेञ्जोङ्ग्पालाई चयन गरिएको थियो! डैनीको व्यस्तताको कारण पछि पटकथाकार सलीम (सलीम-जावेद)ले यिनलाई घरमा गएर भूमिकाको लागि अफर गरेका थिए! यिनले गब्बरको भूमिकामा अभिनय गर्न अभिनेत्री जया भादुरीका बाउ तरुण कुमार भादुरी लिखित किताब ‘अभिशप्त चम्बल’ को अध्ययन गरेका थिए!
यिनको अभिनयबाट यिनलाई नै चयन गरेका सलीम-जावेदलाई चित्त बुझेको थिएन! सलीम-जावेदले यिनलाई गब्बरको रोलबाट हटाउनेसम्म निर्णय गरेका थिए! तर निर्माता जी पी सिप्पीको जिद्दीले यिनी नै कायम भएका थिए! सलीम-जावेदद्वारा आफूलाई हटाउने निर्णय भएको सुन्दा यिनी उनीहरुसित रुष्ट भएका थिए र शोलेपछि यिनले उनीहरुको फिल्ममा काम गर्न इन्कार गरेका थिए!
यिनले चोर पुलिस (१९)३, अमीर आदमी गरीब आदमी (१९८५) फिल्मको निर्देशन पनि गरेका थिए!
१९७२ मा यिनको शहला खानसित बिहे भएको थियो!
एक समय यिनको अभिनेत्री विद्या सिन्हा र कोमिला विर्कसित अफेयर चलेको थियो!
यिनको र कल्पना अय्यरको प्रेम चर्चामा रहेको थियो! कल्पना अय्यर यिनलाई यति विधि प्रेम गर्थिन् कि यिनको मृत्युपछि उनले बिहे नै गरिनन्!
१९७६ मा यिनी द ग्रेट ग्याम्बलर फिल्मको शूटिंगको लागि गोवा जाँदै गर्दा हाइवेमा यिनको ठूलो दुर्घटना भएको थियो! यिनी कोमामा गएका थिए! तर चांडै नै निको पनि भए! तर औषधीको कारण यिनी असाध्य मोटाउन थालेका थिए! यसले यिनमा अरु रोग निम्त्याउन थाले!
यिनले फिल्म अब दिल्ली दूर नहीं, माया, हिन्दुस्तान की कसम, शोले, चरस, जिन्नी और जानी, हम किसी से काम नहीं, परवारिश, राम भरोसे, शतरंज के खिलाडी, बेशरम, देश परदेश, हीरालाल पन्नालाल, कस्मे वादे, मुकद्दर का सिकन्दर, दादा, मि नटवरलाल, कालिया, सुहाग, याराना, चम्बल की कसम, लूटमार, प्यारा दुश्मन, कुर्बानी, राम बलराम, बरसात की एक रात, धुआं, हम से बढकर कौन, लावारिस, नसीब, प्रोफेसर प्यारेलाल, जमाने को दिखाना है, बगावत, देश प्रेमी, चोर पुलिस, हम से है जमाना, उत्सव, मां कसम, मोहब्बत, Love and God, चमेली की शादी, दिल हि तो है, रुदाली, आतंक आदिमा अभिनय गरेका थिए!
१९९२ मा यिनको ५१ वर्षको उमेरमा मृत्यु भएको थियो ।

सम्बन्धित पोस्ट
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • वरिष्ठ सिने पत्रकार अस्पताल भर्ना
  • संकिपा राष्ट्रिय दबूद्वारा स्वागत तथा शुभकामना आदानप्रदान
  • लोकप्रिय भारतीय कलाकार असरानी रहेनन् !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑