• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

असार १५ ,आफ्नै भूमिमा धान रोप्न खोकनाबासीले गर्नुपर्‍यो प्रहरीसँग घम्साघम्सी


सुभाय् संवाददाताJune 29, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट



खेताला युवाहरू धान रोप्न खेतमा कोदालो र ट्र्याक्टर चलाउँदै
आन्दोलनकारी युवाहरु धिमे बजाउँदै प्रहरीसँग भिड्दै (माथि)
काठमाडौं / खोकनाबासी किसानले असार १५ प्रहरी हस्तक्षेपका बीच आफ्नो जग्गामा धान रोपेका छन् ।
धान दिवसको दिन पारेर सोमवारको खोकनाको खुदोल फाँटमा धान रोप्न खोज्दा प्रहरी र स्थानीय आदिवासी नेवार समुदायबिच विहानैदेखि तनाव भएको थियो । यस ठाउँलाई फाष्ट ट्यायकको जिरो किलोमिटर बनाउने भनी सरकारले जबर्जस्ती अधिग्रहण गरि त्यस क्षेत्रमा सेनाको ब्यारेक नैं खडा गरिएको छ । तर खोकनाबासीले आफूहरूलाई भूमिहीन बनाउन खोजेको खोकनाको सम्पदा संस्कृति र खोकनाबासीको जीवनशैलीमाथि नैं सरकारले प्रहार गरेको र आफ्नो जिउने आधार समेत खोस्न खोजेको भन्दै विरोध गर्दै आएका थिए ।
यसरी खुदोलमा आदिवासीहरुले धान रोप्ने तयारी गरेपछि प्रहरी र खोकनाका आदिवासीहवीच घम्साघम्सी भएको थियो । नारावाजी र तनावबिच खोकनाका नेवार आदिबासीहरुले धान रोपेका थिए । प्रहरीले लगातार रुपमा अवरोध सृजना गर्न खोजेतापनि ऊनीहरुले आफ्नो भूमिमा राज्यले हस्तक्षेप गर्न नपाउने भन्दै नाराबाजी गर्दै रोपाई गरेका थिए । खोकना जनसरोकार समितिको आह्वानमा  यसरी धान रोप्नने कार्य भएको थियो ।
हराभरा फाँटका रुपमा रहेको खोकनाका खेतबारी र सम्पदा क्षेत्रमा समेत सरकारले फास्ट ट्रायक, हाइटेन्सन लगायत योजना ल्याई उपत्यकाको उर्बर भूमिका रुपमा रहेको यस क्षेत्रका जग्गा अधिग्रहण गरि आफूहरूलाई आफ्नै क्षेत्रबाट पलायन गराउन खोजेको स्थानीयबासीको आरोप छ ।
फाष्ट ट्यायकको जिरो किलोमिटर राख्न आफूहरुलाई स्वीकार्य नभएको भन्दै आवाज उठाउंँदै ऊनीहरुले संघर्ष समिति नै बनाई सरकारविरुद्ध संघर्ष गर्दै आएको छ । रोपाईलाई आन्दोलनकै रुपमा लिएका छन् उनीहरूले ।
आफ्नो भूमिमा धान रोप्न यस्तो महामारीको बेला प्रहरीसँग भिड्नु परेकोमा उनीहरूले दुख व्यक्त गरे । कोराना महामारीका कारण खाद्यान्न संकट आउन सक्ने विज्ञहरुले भनिरहेको अवस्थामा यसरी धान रोप्न खोज्दा रोक्ने प्रयास गर्नु गलत रहेको उनीहरूको धारणा छ ।

खेत जोत्दै गर्दा प्रहरीको अवरोध 

रोपाइँलाई पनि आन्दोलनकै एक रुपमा पनि लिएका ऊनीहरुले यसलाई आफ्नो अधििकारको रूपमा लिएका छ्न् । जल जंगल जमीनमा आदिवासीको अधिकारको कुरा अन्तर्राष्ट्रिय श्रम संंगठन (आइ एल ओ) ले जारी गरेको धारा १६९मा उल्लेख छ । यसलाई बेवास्ता गरि सरकारले स्थानीयको आवाजलाई दबाएर यसरी विभिन्न योजनाको बहनामा आफ्नो जमीन हडप्न खोजेको बिरोधमा आफूहरु अन्तिम समयसम्म पनि लडिरहने आन्दोलनकारी तथा स्थानीय खोकनाका नेवार अगुवाहरुले बताएका छन् ।
खोकनाको उक्त नेवार आदिवासीको भूमिको सवालमा सर्वोच्च अदालतमा स्थानीय आन्दोलनकारीले मुद्दा समेत दायर गरिसकेको अवस्था छ ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑