• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

असार १५ ,आफ्नै भूमिमा धान रोप्न खोकनाबासीले गर्नुपर्‍यो प्रहरीसँग घम्साघम्सी


सुभाय् संवाददाताJune 29, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट



खेताला युवाहरू धान रोप्न खेतमा कोदालो र ट्र्याक्टर चलाउँदै
आन्दोलनकारी युवाहरु धिमे बजाउँदै प्रहरीसँग भिड्दै (माथि)
काठमाडौं / खोकनाबासी किसानले असार १५ प्रहरी हस्तक्षेपका बीच आफ्नो जग्गामा धान रोपेका छन् ।
धान दिवसको दिन पारेर सोमवारको खोकनाको खुदोल फाँटमा धान रोप्न खोज्दा प्रहरी र स्थानीय आदिवासी नेवार समुदायबिच विहानैदेखि तनाव भएको थियो । यस ठाउँलाई फाष्ट ट्यायकको जिरो किलोमिटर बनाउने भनी सरकारले जबर्जस्ती अधिग्रहण गरि त्यस क्षेत्रमा सेनाको ब्यारेक नैं खडा गरिएको छ । तर खोकनाबासीले आफूहरूलाई भूमिहीन बनाउन खोजेको खोकनाको सम्पदा संस्कृति र खोकनाबासीको जीवनशैलीमाथि नैं सरकारले प्रहार गरेको र आफ्नो जिउने आधार समेत खोस्न खोजेको भन्दै विरोध गर्दै आएका थिए ।
यसरी खुदोलमा आदिवासीहरुले धान रोप्ने तयारी गरेपछि प्रहरी र खोकनाका आदिवासीहवीच घम्साघम्सी भएको थियो । नारावाजी र तनावबिच खोकनाका नेवार आदिबासीहरुले धान रोपेका थिए । प्रहरीले लगातार रुपमा अवरोध सृजना गर्न खोजेतापनि ऊनीहरुले आफ्नो भूमिमा राज्यले हस्तक्षेप गर्न नपाउने भन्दै नाराबाजी गर्दै रोपाई गरेका थिए । खोकना जनसरोकार समितिको आह्वानमा  यसरी धान रोप्नने कार्य भएको थियो ।
हराभरा फाँटका रुपमा रहेको खोकनाका खेतबारी र सम्पदा क्षेत्रमा समेत सरकारले फास्ट ट्रायक, हाइटेन्सन लगायत योजना ल्याई उपत्यकाको उर्बर भूमिका रुपमा रहेको यस क्षेत्रका जग्गा अधिग्रहण गरि आफूहरूलाई आफ्नै क्षेत्रबाट पलायन गराउन खोजेको स्थानीयबासीको आरोप छ ।
फाष्ट ट्यायकको जिरो किलोमिटर राख्न आफूहरुलाई स्वीकार्य नभएको भन्दै आवाज उठाउंँदै ऊनीहरुले संघर्ष समिति नै बनाई सरकारविरुद्ध संघर्ष गर्दै आएको छ । रोपाईलाई आन्दोलनकै रुपमा लिएका छन् उनीहरूले ।
आफ्नो भूमिमा धान रोप्न यस्तो महामारीको बेला प्रहरीसँग भिड्नु परेकोमा उनीहरूले दुख व्यक्त गरे । कोराना महामारीका कारण खाद्यान्न संकट आउन सक्ने विज्ञहरुले भनिरहेको अवस्थामा यसरी धान रोप्न खोज्दा रोक्ने प्रयास गर्नु गलत रहेको उनीहरूको धारणा छ ।

खेत जोत्दै गर्दा प्रहरीको अवरोध 

रोपाइँलाई पनि आन्दोलनकै एक रुपमा पनि लिएका ऊनीहरुले यसलाई आफ्नो अधििकारको रूपमा लिएका छ्न् । जल जंगल जमीनमा आदिवासीको अधिकारको कुरा अन्तर्राष्ट्रिय श्रम संंगठन (आइ एल ओ) ले जारी गरेको धारा १६९मा उल्लेख छ । यसलाई बेवास्ता गरि सरकारले स्थानीयको आवाजलाई दबाएर यसरी विभिन्न योजनाको बहनामा आफ्नो जमीन हडप्न खोजेको बिरोधमा आफूहरु अन्तिम समयसम्म पनि लडिरहने आन्दोलनकारी तथा स्थानीय खोकनाका नेवार अगुवाहरुले बताएका छन् ।
खोकनाको उक्त नेवार आदिवासीको भूमिको सवालमा सर्वोच्च अदालतमा स्थानीय आन्दोलनकारीले मुद्दा समेत दायर गरिसकेको अवस्था छ ।

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑