• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

ढलको पानी परीक्षणबाट कोरोना फैलिएको पत्ता लगाउन सकिने नेपाली वैज्ञानिकको अध्ययन


सुभाय् संवाददाताJune 26, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

दीपक श्रेष्ठ
काठमाडौँ/ ढलको पानीमा कोभिड–१९ को विषाणु सार्स (कोभ–२) फेला परेको छ । जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरिएको छ ।
यामानासी विश्वविद्यालयमा सो अध्ययनमा संलग्न डा.ओसन थकालीका अनुसार, कोभिड–१९ सङ्क्रमितको (चाहे लक्षण देखाउने होस् या नदेखाउने) दिसा र पिसाबमा विषाणु सार्स (कोभ–२) पाइएको छ । सो अध्ययन अनुसन्धानमा प्रा. डा. ऐजी हारामोतो, डा. विकास मल्ल, डा. ओशन थकाली र होक्काइडो विश्वविद्यालयका उप–प्राध्यापक डा. मासाकी किताजिमा संलग्न हुनुहुन्थ्यो । सो अनुसन्धान हालै विश्व प्रख्यात जर्नल साइन्स अफ द टोटल इनभाइरन्मेन्टमा प्रकाशित भएको डा.ओसन थकालीले जानकारी दिए ।
डा. थकालीका अनुसार, ढलको पानीमा कोरोनाको आरएनए पाइए पनि कोरोना लामो समय जीवित रहन नसक्ने र कोरोना पानीमा कम मात्रामा हुनाले पानीबाट सर्न सक्ने कमै सम्भावना हुन्छ । यद्यपि, ढल प्रशोधन केन्द्रमा काम गर्नेहरूले सतर्कता अपनाउन पर्ने जनाइएको छ । यसरी ढलमा विषाणुहरू अध्ययन गरेर त्यस समुदायमा सो विषाणुले सार्ने रोग कति फैलिएको छ भनेर आङ्कलन गर्न मद्दत पुग्छ । यस्तो किसिमको अध्ययनलाई वेस्ट वाटर बेस्ड ऐपिडेमीयोलोजी भनिन्छ ।
कोभिड–१९ का सङ्क्रमितमा प्रायः लक्षण नदेखाउने भएकाले अस्पताल नजाने र त्यस्ता ठाउँमा महामारी नभएको अनुमान लगाउने गरिएको छ । त्यसैले ढलको पानीमा सार्स (कोभ–२) को आरएनए परीक्षण गरी कुन कुन स्थानमा कोभिड–१९ फैलिएको छ भनेर पत्ता लगाउन सकिने डा. थकालीले जानकारी दिए। क्लिनिकल स्वाबसँंगै ढलको पानीमा अनुसन्धान गरेर यस महामारी रोक्न थप मद्दत पुग्ने सुझाव डा. थकालीको छ । कोभिड–१९ मात्र नभई अन्य रोगको यसै विधिबाट छानबिन गर्न सकिने विज्ञहरूको धारणा छ ।
साभार

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑