• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

नियम विपरीत उपत्यका बाहिरबाट मानिसहरू काठमाडौं छिर्दै , कोरोनाको खतरा बढ्ने चेतावनी , चार बस नागढुङ्गाबाट नियन्त्रणमा


सुभाय् संवाददाताJune 21, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं /लकडाउनकै समयमा काठमाडौं उपत्यकामा नियम विपरीत बाहिरी जिल्लाबाट धमाधम मानिसहरू प्रवेश गर्न थालेकोमा काठमाडौंबासी चिन्तित बनेका छन् । काठमाडौं उपत्यका प्रवेश गर्न हिंड्ने ठाउँबाट स्वीकृति लिनुपर्ने र उपत्यकाकाको सम्बन्धित नगर पालिकाले पास दिएपछि मात्र प्रवेश गर्न पाउने आदेश गृह मन्त्रालयले जारी गरेको अवस्थामा यसरी बिना पास दुबैतर्फ सूचना सम्म नदिइ उपत्यका प्रवेश गर्नेहरूको भीड बढेको देखिएको छ । यसैबीच बढी भाडा लिएर बिना पास उपत्यकामा भित्रिने क्रममा रहेका गाडीहरू प्रहरीले नियन्त्रणमा लिएको खबर आएको छ । बढी भाडा लिई नेपालगन्ज र झापाबाट काठमाडौं आएका चार वटा बसलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले विभिन्न मितिमा बढी भाडा असुल गरी काठमाडौं यात्रु ल्याउने चार वटा सार्वजनिक बसलाई नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो।
नेपालगञ्जबाट आएका बा ४ ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हायस तथा झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको बताएइको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले बस चालकहरु विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्तीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिए ।
उपत्यकामा यसरी बिनापास गाडीमा मानिस ल्याइने क्रम बढेको प्रहरीले स्वीकार गरेको छ। स्रोतका अनुसार सरकारका जिम्मेवार तहबाट समेत बाहिरबाट उपत्यकामा आउनेहरूलाई प्रवेश दिन आदेश आउने गरेको समेत बताइएको छ ।
कोरोना महामारी फैलन सक्ने खतरालाई ध्यानमा राखेर काठमाडौं उपत्यकामा प्रवेशमा रोक लगाइएको अवस्थामा यसरी अन्धाधुन्ध मानिसहरुको प्रवेशले काठमाडौंमा महामारीको खतरा बढेको विज्ञहरुले बताएका छन् । यसैबीच कोरोनाको हब बन्दै गएको काठमाडौंको छिमेकी जिल्लाको रूपमा रहेको धादिङबाट पनि धेरै मानिसहरू हिंडेर तथा गाडीवाट उपत्यका प्रवेश गरिएको बताइएको छ ।
संघीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार मिलेर कोरोना नियन्त्रणको कार्य गर्नुपर्ने हो तर स्थानीय सरकारले निकै दवाव दिएपनि संघीय सरकारले यसलाई बेवास्ता गरेको देखिएको एक स्थानीय जनप्रतिनिधिले बताए ।

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑