• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 28, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

हिमाली बौद्धहरुको महान चाड सागादावा


सुभाय् संवाददाता June 5, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

राजेन मानन्धर

भगवान बुद्ध नेपालमा जन्मेकोसम्म भन्न जान्ने हामी नेपालीहरुले भगवान बुद्धको जन्मसँग गाँसिएका थुप्रै ऐतिहासिक घटनावली, विश्वास किंवदन्तीहरुबारे जान्न बाँकी नै छ । बुद्ध धर्ममा चासो राख्ने सामान्य नेपालीहरु बुद्ध बैशाख पुर्णिमामा जन्मेको, बुद्धत्व तथा निर्वाण प्राप्त गरेको भन्ने मान्यता राख्छन् । नेपालका थेरवादी तथा वज्रयानीहरु लगायत भारत श्रीलंका म्यानमार थाइल्याण्ड आदि देशमा यसदिन बुद्ध जन्मेको भनी मनाउँछन् । त्यसरी नै चीन, भियतनाम कोरिया जापान जस्ता महायानी देशहरुमा बुद्ध जन्मेको दिन अर्कै मानिन्छ भने हिमालयन बुद्धधर्म, अर्थात तिब्बत, लद्दाख, सिक्किम र भुटान जस्ता देश वा प्रदेशहरुमा बुद्धको जन्ममितिलाई अर्कै प्रणाली अनुसार गणना गरिन्छ । आज सरकारी तथा अन्तर्राष्ट्रिय संघसंस्थाले एउटा मान्यतालाई बल दिएको छ भन्दैमा अन्य धार्मिक मान्यतालाई नजरअन्दाज गर्नुपनि न्यायसंगत हुँदैन । यहाँ हिमाली बुद्धमार्गीहरुले मान्दै अएको बुद्धजयन्ती सागादावाको बारेमा संक्षिप्त परिचय दिइन्छ ।


सामान्यतयाः अझ विशेष गरी थेरवादीहरु बुद्धको जन्म बैशाख पुर्णिमामा भएको मान्दछन् । तर हिमाली बुद्धमार्गीको नियम अनुसार विश्वशान्तिका महानयाक एवं महाकरूणाका परममूर्ति शाक्यमुनि भगवान बुद्ध जन्मेको दिन बैशाख पुर्णिमाको आधा महिना देखि एक महिना पछाडि आउँछ । उनीहरुको विश्वास अनुसार शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण भएको भनेर मानिने दिन हो यो । यद्यपि सामान्यतयाः नेपालमा प्रयोग गरिने चन्द्रमासको पचांग अनुसार चन्द्रमाको अधिकमास परेको वर्ष भने दुबै नियम अनुसार पनि एकै महिनामा बुद्धजयन्ती पर्ने गर्दछ । यो नियमलाई बुझ्न त्यति सजिलो भने छैन ।
हिमाली बुद्धमार्गीहरुको बुद्धजयन्ती मान्ने आफ्नै प्राचीन परम्परा छ । उनीहरु एक महिनासम्म विभिन्न कार्यक्रम गरेर बुद्धले जन्म लिनुभएको, बुद्धत्व प्राप्त गर्नुभएको तथा परिनिर्वाण प्राप्त गनुएभएको दिनलाई सागा दावा अर्थात् बैशाख महिनालाई ठुलो उत्सवको रुपमा मनाउने गर्दछन् ।
शाब्दिक अर्थ खोज्ने हो भने तिब्बती भाषामा “सागा” भन्नाले चौथो (विशाखा नक्षत्रसँग सम्बन्धित) तथा “दावा” भन्नाले महिना भन्ने बुझिन्छ । यस अर्थमा यस समुदायमा बुद्धको जन्मजयन्ती महिना भरै धुमधामले मनाइन्छ । त्यसमा पनि विशेष गरेर पन्ध्रौं दिनमा ठुलो पूजाआजा, श्रद्धा र खुशीयालीका साथ मनाइन्छ ।
जसरी थेरवादीहरु एकदिनलाई विशेष दिन मानेर बुद्ध जयन्ती मनाउँछन् । त्यसरी नै हिमालीहरु महिनालाई नै बुद्धजयन्ती महिना भनेर मनाउँछन् । उनीहरु यो महिनालाई श्रद्धाका साथ “बुम ग्युर दावा” भन्छन् र यो विश्वास गर्दछन् कि यो महिनाभरि पुण्य, पाप जुन सुकै कार्य गर्दा पनि लाखगुणा बढी फल मिल्दछ । त्यसैले उनीहरु यस महिना भरि सकेसम्म बढी पुण्य गर्दछन् र कहीँ कतै पनि जानअन्जानमा पनि पापकर्म आफुबाट नहोस् भनेर सचेत हुन्छन् ।
तसर्थ उनहिरु यो महिनाभरि विभिन्न किसिमको पाठपूजा, “ञ्युन्ये” व्रत, “कंग्युर” (बुद्ध वचन) को पाठ, धार्मिक प्रर्वचन, बौद्ध, स्वयंभू आदि पवित्र स्थाल कोरा परिक्रमा, अष्ठांग दन्तवत गरेर भगवान बुद्धप्रति आफ्नो श्रद्धा अर्पण गर्दछन् । यसबाहेक शुद्ध मनले नगद दान, पानी अथवा भोजन दान, रक्तदान आदि पुण्य कार्य गर्ने गर्दछन् । त्यसमा पनि विशेष गरेर पोखरीमा माछा छोडेर जीवन दान दिने जस्तो कार्यले पनि यस समुदायमा विशेष महत्व राख्दछ ।
यसै अवसरमा विभिन्न गुम्बामा “मोन्लम” (महाप्रणिधान) गर्ने चलन छ । यसका लागि आफ्नो आफ्नो गुम्बाबाट सोही सम्प्रदायका भिक्षु भक्षुणीहरु र अन्य अनुयायीहरु सयौं र हजारौंको संख्यामा भेला भएर तीनदेखि सात दिनसम्म दिनभरि मन्त्र पाठ गर्ने गरिन्छ ।

उनीहरु यस अवसरमा जगतसंसारका सम्पूर्ण प्राणीहरू आफना अज्ञानताका कारण सांसारिक दुखचक्रमा फँसेर विभिन्न प्रकारका दुख पिडाहरू भोग्नुका सथै सबै जीवित प्राणीले भोग्नै पर्ने जन्मनु पर्ने, बुढाबुढी हुनुपर्ने, रोगी हुनुपर्ने तथा मर्नुपर्ने चक्रबाट मुक्ति पाउनको निम्ति, बुद्धको धर्म सन्देश विश्वका विभिन्न देशहरूमा प्रचारप्रसार हुनका सथै यस प्रणिधानको पुण्यबलले दुःखबाट मुक्त भई निर्वाणको मार्गमा लाग्न पाउन् अनि संसारभरी कतै पनि रोग, कष्ट, भय, आतंक, अनिकाल, एवं बाढी पहिरो तथा भूकम्प जस्ता सबै प्राकृतिक प्रकोप शान्त होस भनेर प्रार्थना गर्ने गरिन्छ । यहाँ यो बुझ्न महत्वपूर्ण छ कि अन्य धर्ममा मानिसहरु आफ्नो र आफ्नो परिवारको सुखको लागि मागिन्छ भने यसमा संसारमा रहेका चिनेका नचिनेका अनि देखेका नदेखेका हरेक प्राणीलाई दुख बाट मुक्ति मिलोस् भनी प्रार्थना गरिन्छ । यसैलाई प्रणिधान (मोन्लम अथवा माेलम) भनिन्छ ।
विभिन्न गुम्बाहरुले यसै बेलामा मोलन्मको पूजा आयोजना गर्ने गर्दछ र यस अवसर पारेर आफ्ना पूज्य गुरु रिम्पोछेहरुलाई पूजामा सरिक हुन आमन्त्रण गरिन्छ र उहाँहरुले प्रवचन दिनुको साथै पूजाको अन्तिम दिन सबैलाई अभिषेक पनि दिने गरिन्छ ।
सबैले आफ्नो आफ्नो धर्म विश्वास र श्रद्धाले बुद्ध जयन्ती मनाउने, बुद्धका शिक्षालाई अवलम्बन गर्न प्रण गर्ने तथा संसारकै हित गर्ने सद्धर्म दिनुभएकोमा भगवान बुद्धप्रति कृतज्ञता जनाउने भएर पनि उनै भगवान बुद्धको जन्म जयन्ती किन यसरी फरक फरक दिनमा पर्न गयो भन्ने कुरा भने धेरै जनको मनमा परिरहेको हुन्छ । एकातिर नेपाल लगायत हिमाल भन्दा दक्षिणका देशहरुमा बैशाख पुर्णिमालाई बुद्ध जयन्ती भनिन्छ, अर्कोतिर बिचमा परेको एक दिनलाई चीन, कोरिया तथा भियतनाम जस्ता देशले बुद्धको जन्म जयन्तीको रुपमा मान्छ भने फेरि झण्डै एक महिना पछि बुद्ध जयन्ती भनेर सागादावा मान्ने गरिन्छ ।

विद्वानहरुका अनुसार काश्मीरका बौद्ध पण्डित शाक्यश्री (खाछे पेन्छेन)ले तिब्बतमा पुगेर बुद्ध भगवान र बुद्धधर्मको उदयकाललाई तत्कालीन भारतीय ज्योतिषशास्त्र र चीनीयाँ ज्योतिषी शिद्धान्तसँग समायोजन गरी तेन्ज्युङ चि (धार्मिक ज्योतिष गणना) नामक ग्रन्थ रचेका थिए । त्यसबेला कालखण्डको गणना गर्दा बिन्दु फरक पर्न गई बुद्ध जयन्तीको तीथि करिब ३०० वर्ष पछि सर्न गएको र बुद्ध जयन्ती एक महिना पछि जेष्ठमा पुगेको विश्वास गरिन्छ । अझ त्यो मत अनुसार त बुद्ध नैे २८०० वर्ष बितिसकेको भन्ने समेत विश्वास गरिन्छ ।
जे जस्तो भएपनि संसारभरका बौद्धहरुले आआफ्नै किसिमले बुद्ध धर्म अवलम्बन गरेका छन् । गएको २५०० वर्षमा सञ्चारका साधानहरुको अभावले हरेक देशमा आआफ्नै किसिमबाट बुद्धधर्मको प्रचार प्रसार भएर गइरहेको प्रसंगमा यस्ता विभेदकरु अस्वीकार्य सम्म भन्न सकिँदैन । जसले जुन दिन मनाए पनि सबैले शुद्ध मनले बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा निर्वाणलाई र्हदयंगम गरी त्यही दिनलाई सम्झेर वर्षदिनसम्म आफु उक्त शिक्षाबाट बिचलित नहोऔं भनेर तथा यसै शुभदिनमा केही शुभ कार्य गरौं भन्ने सुविचारबाटै प्रेरित भएर बुद्ध जयन्ती अथवा सागादावा मनाइने भएकोले जसले जहाँ बसेर भएपनि बुद्ध, धर्म र संघलाई सम्झेर पुण्यकार्यमा हात बढाएकोमा साधुवाद दिनसकौं ।

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑