एजेन्सी /चीनमा कोरोना महामारी फैलिएपछि पहिलोपटक एक दिनमा कुनै संक्रमित देखिएन । गत २४ घन्टामा त्यहाँ कुनै नयाँ संक्रमण नभएको अधिकारीहारुले बताएका छन् ।
गत २०१९ सालको अंतमा चीनको वुहान शहरबाट संक्रमण सुरु भएको र केहि महिनाभित्र पूरा विश्व नैं यसको शिकार भएको थियो ।
त्यहाँ निकै कडाईका साथ लकडाउन लगायतका नियमहरु पालना गरिएपछि गत मार्चबाट चीनमा संक्रमणका घट्नाहरुमा ठूलो गिरावट आएको थियो ।
समाचार एजेन्सी रायटर्सका अनुसार अहिले चीनमा बाहिरबाट आएका चीनियाहरुमा संंक्रमण बढिरहेको देखिन्छ्न् ।
बाहिरबाट आएका चिनियाहरुमा यसप्रकारको संक्रमण देखिएपछि अधिकारिहरुले महामारी रोक्नको लागि लागू गरिएका उपायहरुमा कडाइ जारी राख्नुपर्ने कुरामा जोड दिएका छ्न् । उनीहरुले वुहानका एक करोड़ १० लाख बासिन्दाको टेस्टको लागि अभियान शुरू गर्ने बताए ।
गत २४ घण्टामा चीनमा संक्रमण शून्य हुनुलाई ठूलो उपलब्धिको रुपमा हेरिरहेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५