नयाँ दिल्ली / भारती प्रधानमन्त्री नरेन्द्र मोदीले आज मंगलबार राष्ट्रको नाममा संबोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेको छ ।
यस आर्थिक प्याकेजले कोरोना संक्रमण रोक्न र लक्डाउनबाट प्रभावित सबै मानिस र उद्योगहरुलाई राहतको रुपमा उनले घोषणा गरेका हुन् । उनले यस प्याकेजले सबै बर्गलाई राहत हुने दाबी गरेका छन् ।
कोरोनासँग लड्ने संकल्प सहित विशेष आर्थिक प्याकेजको घोषणा गरेको प्रम मोदीले बताएका छन् । साथै उनले चौथो चरणको लकडाउनको पनि उल्लेख गरे ।उनले भने यो आर्थिक प्याकेज भारतको कूल जिडिपिको १०% बराबर हुन आउँछ ।
प्रम मोदीले भने “कोरोना संकटको सामना गर्दै नयाँ संकल्प सहित आज एक विशेष आर्थिक प्याकेजको घोषणा गर्दैछु । यो आर्थिक प्याकेजले आत्मनिर्भर भारत अभियानका निम्ति अहम भूमिका खेल्नेछ ।”
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५