काठमाडौं /काठमाडौं महानगर पालिकाको ४५ औं कार्यपालिका बैठक विविध प्रस्तावहरु पारित गर्दै सम्पन्न भयो ।
काठमाडौंको राष्ट्रिय सभा गृह , प्रदर्शनी मार्गमा आज आइतबार कामपाका मेयर विद्या सुन्दर शाक्यको अध्यक्षतामा बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्दै मेयर शाक्यले महानगर पालिकाका जनप्रतिनिधि कर्मचारीहरु कोरोनाका कारण राहत वितरण लगायतका कार्यमा व्यस्त रहेको बेेला अझै केही समस्याहरु रहेको भन्दै गुनासोहरु आइरहेको बताए । काम गर्दा यस्ता केही गुनासोहरू आइरहने सामान्य कुरा भएको बताउँदै आएका गुनासो बारे जनप्रतिनिधिहरुले आवश्यक जानकारी दिई समाधान गर्न सकिने बताए ।
उनले शनिबारसम्म ६८ हजार ६ सय १७ परिवारलाई राहत वितरण गरेको १९ हजार ७ सय २३ जवानलाई खाना खुवाएको ,१०१९ जनाको आरडीटी टेस्ट गरेको तथा २६८० जनाले एम्बुलेन्स सेवा लिएको बताए ।
“अरु सेवाहरु पनि खोल्दै जाने कि भन्ने छलफल सुरु गरेका छौं “मेयर शाक्यले भने । नेपाल उद्योग ब्यापार संघ,नेपाल चेम्बर अफ कमर्स, नेपाल खुद्रा व्यापार संघ, सशस्त्र प्रहरी , जनपद प्रहरी लगायतका सुरक्षा निकायसँ छलफल गरेर बजार खोल्ने समयको विषयमा एक सहमति बनाएको उनले जानकारी दिंंदैै भने “महनगरबासीले बिहाान १० बजेसम्म दैनिक उपभोगका सामान किनमेल गर्न सक्नेछ्न् ।”
“अहिलेलसम्म हाम्रो काठमाडौं सुरक्षित छ भनिरहेका छौं । हामीले खानै नपाएर काठमाडौं छोड्नुनपर्ने यसका निम्ति महानगरले आवश्यकमा परेकाहरुलाई राहत दिने भनी राहत वितरण पनि गर्दै आएका छौं । आज यहाँबाट राम्रो सन्देश लिएर मानिसहरू बाहिर गएका छन् । अहिलेसम्म गरिएका टेस्टहरु र एक महिनाको समयसीमा हेेेर्दा काठमाडौंमा कोहि पनि कोरोना पोजिटिभ छैनन् ।पोजिटिभ देखिएकाहरू पनि निको भएर फर्केका छन्। तर भोलि बाहिर गएकाहरु काठमाडौं फर्कँदा उहाँहरूलाई हेर्ने दृष्टिकोण के हुन्छ त भन्ने प्रश्न गर्दै काठमाडौं महानगर पालिकाले निकालेको कोरोना ट्राय्किङ एप बारे सबैलाई जानकारी गराउन र त्यस एप भर्न प्रेरित गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरे ।
आजको कार्यपालिका बैठकले राहतको निम्ति मेयरको निर्णय अनुसार उपलब्ध गराइएको रकम अनुमोदन , सहमति अनुसार सिसडोल ल्यान्डफिल साइट प्रभावित क्षेत्रका असहाय अति विपन्न र दैनिक ज्यालादारी गरि निर्वाह गर्ने बासिन्दालाई कोविड-१९ समेतलाई मध्यनजर राख्दै सहयोग गराउने रकम अनुमोदन गरियो । साथै महानगर पालिकामा कार्यरत परिचालकरुको म्याद थप गर्ने , तथा कान्ति इश्वरी स्कुल र कन्या माध्यमिक विद्यालय स्थान्तरण सम्बन्धमा समेत निर्णय गरिएको थियो ।
अन्तमा मेयर शाक्यले यस विषम परिस्थितिमा अप्ठ्यारो समयमा जनप्रतिनिधिहरु, स्वयंसेवक, कर्मचारीहरु दिलोज्यान दिई लागिपरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरे ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५