• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 18, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर


सुभाय् संवाददाता September 6, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १७ मिनेट

भोटेकोशी–त्रिशूली विपत्तिका दिवङ्गतप्रति श्रद्धाञ्जली, पीडितसँग साथ रहने उपत्यकावासीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै काठमाडौं उपत्यकावासीले शनिबार ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रबाट सद्भाव र्‍याली निकालेका छन्। विभिन्न सामाजिक, धार्मिक तथा सांस्कृतिक संघ–संस्थाको सहभागितामा आयोजित उक्त र्‍यालीले विपद्पीडित परिवारप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको हो।

 

वसन्तपुरबाट सुरु भएको ऐक्यबद्धता र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै शान्तिवाटिकामा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरूले बाढी–पहिरोमा ज्यान गुमाएकाहरूको तस्वीरसहित “विपदमा परेकाहरूसँग उपत्यकावासी पनि साथमै छौँ” लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।

र्‍याली तथा श्रद्धाञ्जली सभामा काठमाडौं महानगरपालिकाकी  मेयर सुनिता डङ्गोल, नागरिक अगुवा तथा विश्लेषक मल्ल के. सुन्दर, नेवाः देय् दबूकी नेत्री रश्मिला प्रजापति, विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक संघ–संस्थाका प्रतिनिधि, विद्वान् तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

श्रद्धाञ्जली सभामा विभिन्न धार्मिक परम्पराअनुसार दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै विशेष प्रार्थना तथा धर्मोपदेश कार्यक्रम समेत सम्पन्न गरिएको थियो। सभामा कौण्डन्य महास्थवीर, नेपाल परम्परागत बौद्धधर्म संघका प्रा. डा. नरेशमान बज्राचार्य ,धर्मकीर्ति विहारकी खेमावती गुरुमा,  तथा राजोपाध्याय समाजका राजीव राजोपाध्याय लगायतले आ–आफ्नो धार्मिक परम्परा अनुसार प्रार्थना पाठ गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

वक्ताहरूले विपद्का कारण ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए। उनीहरूले प्राकृतिक विपत्तिको यस कठिन घडीमा सम्पूर्ण नेपाली एकताबद्ध भएर पीडितको साथमा उभिनुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रममा सहभागीहरूले बाढी–पहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यलाई अझ प्रभावकारी बनाउन सरकारसँग आग्रह समेत गरेका थिए। साथै विपत्तिमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गरी सामूहिक मौनधारण गरिएको थियो।

उपत्यकाको मुटु वसन्तपुरबाट उठेको यो ऐक्यबद्धताको स्वरले विपत्ति कुनै एक क्षेत्रको मात्र समस्या नभई सिंगो राष्ट्रको साझा पीडा भएको सन्देश दिएको सहभागीहरूको भनाइ थियो। उनीहरूले रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित जिल्लाका बाढीपीडित नागरिकहरूसँग काठमाडौं उपत्यकावासीको भावनात्मक र मानवीय साथ सधैँ रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

भोटेकोशी–त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण तथा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै वसन्तपुरबाट शान्तिवाटिकासम्म निकालिएको नागरिक सद्भाव र्‍याली।

 

सम्बन्धित पोस्ट
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑