• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक


सुभाय् संवाददाता September 6, 2026 मा प्रकाशित (४ हफ्ता अघि) अनुमानित पढ्ने समय : १२ मिनेट

गल्छी बाढी प्रभावित क्षेत्रमा रास्वपा काठमाडौंको श्रमदान तथा सरसफाइ अभियान

धादिङ/ गत भदौ १० गते आएको भीषण बाढीपहिरोबाट प्रभावित धादिङको गल्छी तथा गजुरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिको आयोजनामा स्वयंसेवा, सरसफाइ तथा उद्धार कार्य  भएको छ।

बाढीका कारण प्रभावित गल्छी अस्पताल, श्री बागेश्वरी माध्यमिक विद्यालय तथा जहरेखेत सब–स्टेसनलगायतका क्षेत्रमा काठमाडौं जिल्ला समितिको पहलमा व्यापक श्रमदान तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो।

रसुवाबाट आएको बाढीले धादिङको गल्छी क्षेत्रमा रहेको गल्छी अस्पताल र नजिकैको श्री बागेश्वरी माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीपछि अस्पताल तथा विद्यालय परिसरमा ठूलो मात्रामा बालुवा, माटो र लेदो थुप्रिएपछि सेवा सञ्चालन तथा पठनपाठन प्रभावित बनेको थियो।

रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको नेतृत्वमा काठमाडौं जिल्लाका विभिन्न नगर समितिबाट पुगेका स्वयंसेवकहरूले संयुक्त रूपमा श्रमदान गरेका थिए। अभियानका क्रममा गल्छी अस्पतालको ग्राउन्ड फ्लोर पूर्ण रूपमा सफा गरिएको तथा श्री बागेश्वरी माध्यमिक विद्यालयको केही भागमा समेत सरसफाइ कार्य सम्पन्न गरिएको जनाइएको छ।

अभियान काठमाडौं जिल्ला सभापति राजा शाक्य, रास्वपा Rapid Action Team (RAT) तथा धादिङ जिल्ला सभापति राजन अर्यालबीच आवश्यक समन्वय र सहकार्यमा सञ्चालन गरिएको थियो।

स्वयंसेवा अभियानमा काठमाडौं महानगरपालिका, शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका तथा तारकेश्वर नगरपालिकालगायतका नगर समितिबाट करिब २०० देखि २५० जना स्वयंसेवकको सहभागिता रहेको थियो।

सरसफाइ तथा श्रमदान अभियानमा लायन्स क्लबका सदस्यहरू तथा रास्वपा RAT का स्वयंसेवकहरूको समेत उल्लेखनीय र सक्रिय सहभागिता रहेको थियो।

काठमाडौं जिल्ला समितिले विपद्को समयमा आफ्नो समय, श्रम र सहयोग प्रदान गर्दै मानवीय सेवामा सहभागी सम्पूर्ण स्वयंसेवक तथा रास्वपा समर्थकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

यद्यपि, गल्छी तथा आसपासका प्रभावित क्षेत्रमा अझै पनि सरसफाइ, व्यवस्थापन तथा पुनःस्थापनासम्बन्धी धेरै काम बाँकी रहेको बताइएको छ। समितिले सहयोग गर्न सक्ने तथा श्रमदानमा सहभागी हुन इच्छुक सम्पूर्ण व्यक्ति तथा स्वयंसेवकलाई प्रभावित क्षेत्रमा पुगेर अभियानमा सहभागी हुन आग्रह गरेको छ।

काठमाडौं जिल्ला समितिका सदस्य केदार प्रसाद रैलाले विपद्को घडीमा सबैको सामूहिक प्रयास, एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावित नागरिकको सहयोगका लागि यस्तै मानवीय अभियानलाई निरन्तरता दिइने विश्वास व्यक्त गरेका छन्।

“आउनुहोस्, विपद्को समयमा एकअर्काको साथ दिऔं। सामूहिक प्रयासबाट प्रभावित क्षेत्रलाई पुनः व्यवस्थित बनाउन सहयोग गरौं,” अभियानमा सहभागी स्वयंसेवकहरूले अपिल गरेका छन्।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑