• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 06, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ


सुभाय् संवाददाता September 2, 2026 मा प्रकाशित (४ दिन अघि) अनुमानित पढ्ने समय : १७ मिनेट

नुवाकोट/ हालै त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रका बासिन्दाहरू अझै कठिन परिस्थितिमा जीवनयापन गर्न बाध्य छन्। घरबारविहीन बनेका परिवारहरू अस्थायी आश्रयमा बसिरहेका छन् भने दैनिक उपभोग्य सामग्रीको अभावले उनीहरूको पीडा थप बढाएको छ।

यही दुःखद परिस्थितिमा बाढीपीडितहरूलाई सहयोग गर्ने उद्देश्यले भक्तपुरस्थित मुनि बिहारबाट आएका भिक्षुहरू तथा दाताहरूको टोलीले पहिलो चरणको राहत वितरण गरेको छ। राहत सामग्री वितरण गर्दै उनीहरूले विपद्मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।

मुनि बिहारका प्रमुख विपश्वी महास्थविरको नेतृत्वमा आएको टोलीले खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्नुका साथै बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्ति, सुगतिका लागि  तथा प्रभावित परिवारहरूको मानसिक शान्ति र सहजताका लागि विशेष सूत्रपाठ समेत गरेको थियो।

राहत वितरण कार्यक्रममा थाइल्याण्डबाट नेपाल भ्रमणमा रहेका भिक्षुहरूको समेत सहभागिता रहेको थियो। उनीहरूले विपद्को घडीमा मानवताको सेवाभन्दा ठूलो धर्म अरू केही नभएको उल्लेख गर्दै पीडितहरूसँग दुःख साटासाट गरेका थिए।

कार्यक्रमका संयोजक भिक्षु मेधंकर स्थविरले यसपटकको राहत वितरणलाई प्रारम्भिक सहयोग तथा अध्ययन–अवलोकनका रूपमा लिइएको बताए। “यस पटक हामीले सीमित मात्रामा राहत वितरण गरेका छौं। यो एक अध्ययन तथा अवलोकन भ्रमण पनि हो। आगामी दिनमा जहाँ आवश्यकता बढी देखिन्छ, त्यही स्थानमा पुगेर थप प्रभावकारी रूपमा राहत वितरण गर्ने तयारी गरिरहेका छौं,” उनले भने।

बाढीका कारण त्रिशूली बजार तथा आसपासका क्षेत्रका धेरै घर, पसल र भौतिक संरचनामा क्षति पुगेको छ। कतिपय परिवार अझै पुनर्स्थापनाको पर्खाइमा छन्। यस्तो अवस्थामा विभिन्न सामाजिक, धार्मिक तथा मानवीय संघसंस्थाबाट प्राप्त सहयोगले पीडितहरूलाई केही राहत मिलेको स्थानीयवासीहरूले बताएका छन्।

सम्बन्धित पोस्ट
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑