• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

मिस नेवा: पोखरा ११४० को ट्यालेन्ट शो सम्पन्न


सुभाय् संवाददाताMarch 7, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

पोखरा /  नेवा खल: कास्कीले आयोजना गरेको मिस नेवा: पोखरा ११४० को प्रतिभा प्रस्फुटन कार्यक्रम ( talent show ) शनिबार पोखराको नालामुखस्थित नेवा: छेंमा सम्पन्न भयो ।
नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेले उद्घाटन गरेको उक्त कार्यक्रममा मिस नेवा: पोखराका प्रतिस्पर्धीहरुले आआफ्ना प्रतिभा प्रदर्सन गरेका थिए ।  उनीहरूले नेवा: परंंरागत बाजा, परंरागत नेवा: नृत्य सहित विविध कला प्रस्तुत गरेका थिए ।
यस ट्यालेन्ट शोलाई यस प्रतियोगिताको प्रिजजमेन्टकाे रुपमा लिइन्छ ।
“कार्यक्रममा दुई महिनादेखि तालिममा रहेका प्रतिस्पर्धिहरुले आफूमा भएका प्रतिभा प्रदर्शन गरेको तथा त्यसको मूल्यांकन गर्ने कार्य भएको छ” कार्यक्रमका मूल संयाेजक बिमल श्रेष्ठले बताए । मिस नेवामा नेवार समुदायका १८ देखि २२ वर्षका युवती सहभागी छन् । उनीहरुले शनिबार अन्तर्निहित प्रतिभा तथा नेवार समुदायका कलाा संंस्कृति प्रस्तुत गरे  । ट्यालेन्ट राउन्डका निर्णायकमा शम्भुलाल श्रेष्ठ, आन्नद बज्राचार्य र रिना गोसेली रहेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष अशोक पालिखे, प्रतियोगिताका मुल संयोजक विमल श्रेष्ठ, मिस नेवा: ११३८ प्रिती बुद्राचार्य, नेवा: मिसा पुच: कास्की अध्यक्ष मेनुका श्रेष्ठ, ल्यायम्ह पुच: अध्यक्ष मधुसुधन जोशी लगायतले मन्तव्य राखेका थिए ।
मिस नेवा:ले ४० हजार, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पाउने छिन् . यस्तै, उपविजेताले २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रा हुनेले १५ हजार, डिभिडी प्लेयर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ . उत्कृष्ट नेपाल भाषा ७ हजार र भ्युअर्स च्वाइस, मस्ट टयालेन्ट अवार्ड, बेस्ट पर्सनालिटी, बेस्ट फ्रेन्डली, बेस्ट स्माइल र फोटोजेनिकले जनही ५ हजार र प्रमाणपत्र पाउने छन् ।  कार्यक्रमका तालिम सयोंजक सेलिका श्रेष्ठ र तालिम सह-सयोंजक प्रार्थना डगोंलले सञ्चालन गरेका थिए ।
प्रतिस्पर्धीहरुलाई नेवा: कला संस्कृति , नेपाल भाषा तथा व्यक्तित्व विकास सम्बन्धि तालिम कक्षा संचालन गरिएको थियो भने गत फागुन १८ गतेदेखि २० गतेसम्म आफ्नो मूलथलोको रूपमा रहेको काठमाडौं उपत्यकामा अवलोकन भ्रमण गरेका थिए । नेपाल संवत् ११३१ देखि बर्सेनि हुँदै आएको यो प्रतियोगिताको नवौं संस्करण हो ।
मिस नेवा: पोखरा ११४० मा १८ वर्षदेखि २२ वर्षका २२ जना युवतीहरु प्रतिस्पर्धामा रहेका छन् । कार्यक्रमको ग्रायण्ड फिनाले चैत ८ गते पोखरा सभा गृहमा हुने छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑