• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

आफ्नो सभ्यता संस्कृति रक्षार्थ प्रदर्शनमा उत्रिए बुंगमती खोकनाबासी !


सुभाय् संवाददाता February 11, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं । प्राचीन नेपालमण्डलको सभ्यताको रूपमा रहेको खोकना बुंगमतिवासीहरु आफ्नो सभ्यता रक्षार्थ प्रदर्सनमा उत्रिएका छन् । मंगलवार फास्ट ट्रयाक लगायतका प्राचीन ऐतिहासिक  सम्पदामात्र हैन प्राचीन  बस्ती समेत बिनाश गर्ने आयोजनाहरुको खारेजी माग गर्दै ऊनीहरुले प्रदर्शन गरेका हुन् ।
ललितपुरको जावलाखेलबाट  प्लेकार्ड बोकी सांस्कृतिक प्रदर्शनी सहित निस्केको र्‍याली काठमाडौंको माईतीघर मण्डलमा गएर धर्नामा परिणत भएको थियो ।
उनीहरुले फास्ट ट्रयाक खारेज गर, पश्चिम नेपालमा ठुला शहरको विकास गर, आए.एल.ओ. १६९को उल्लघंन गर्न पाईदैन, बुङग खोकनामा बाहिरी चक्रपथ चाँहिँदैन आदि लेखिएको प्लेकाड बोकी प्रदर्शन गरेका थिए ।  तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका नाममा ल्याइएका योजनाबाट  आफूहरुको जग्गा र सांस्कृतिक सम्पदा नष्ट हुने भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन । फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी, सुरुङमार्ग लगायतका योजना ल्याइ  स्थानीयको जग्गा र सांस्कृतिक संरचना मास्न लागेको भन्दै आन्दोलनलाई जारी राखेको उनीहरुले बताएका छन । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति , खोकना बुङ्गमती जनसरोकार समिति लगायतका विभिन्न सरोकारवालाहरुको संघ, संस्थाहरु प्रदर्शनमा सहभागी भएका थिए ।
बुंगमतिबाट सुरु हुने रातोमच्छिन्द्रनाथ करुणामय रथजात्रा सिकाली जात्रादेखि धेरै मूर्त अमूर्त सम्पदा सरकारले बिकासको नाममा ल्याएका योजनाले बिनाश गर्ने मात्र हैन यहाँका बासिन्दा समेत विस्थापित हुने खेतीयोग्य खुल्ला जमीन नष्ट हुने र नेवा: पहिचानमा समेत खतरा आउने भन्दै त्यसको विरोधमा यहाँका बासिन्दाहरु आन्दोलनमा उत्रिएको धेरै समय भइसकेको छ । तर यसको कतैबाट सुनवाइ भएको छैन। पहिले सेनाको प्रयोजनको लागि भनेर अधिग्रहण गरिएको जग्गा समेत बेचबिखन समेत भएको अलग्गै घटनाक्रम समेत रहेको छ । अब सरकारले ल्याएका विभिन्न योजनाहरुले त यी बस्तीहरु समेत खतरामा पर्न सक्ने उनीहरूको दाबी छ ।
बिरोध कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले पनि ऐक्यबद्धता जनाएका थिए ।

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑