• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

मायादेवी ,रामग्राम , तिलौराकोटसहितको बृहत्तर लुम्बिनी योजना , स्थानीयसँग छलफल कार्यक्रम आयोजना


सुभाय् संवाददाताFebruary 6, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

बिन्दु चौहान, सुभाय् पोष्ट सम्वाददाता

लुम्बिनी /बृहत्तर लुम्बिनी क्षेत्रको विकास अवधारणा बारे लुम्बिनीमा  एक छलफल कार्यक्रम आयोजना गरियो ।
लुम्बिनी विकास काेषको आयोजनामा वृहत्तर लुम्बिनी क्षेत्रकाे विकासकाे अवधारणाबारे माघ २१ गते स्थानीय समुदायसँग छलफल गरि उनीहरूकाे राय सुझाव संकलन गरिएकाे हो । तीन वर्गमाइलकाे लुम्बिनी विकास क्षेत्र वरिपरिका ठाउँहरूकाे विकास के कसरी गर्ने भन्ने विषयमा सराेकारवाला सबैकाे उपस्थितिमा व्यापक एवं वृहत्तर छलफल  भएकाे आयोजकले बताएको छ।  यस कार्ययक्रमले यी ठाउँहरूकाे विकासका लागि याेजना बनाउन सहज हुन विश्वास गरिएकाे छ । कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री याेगेश भट्टराई प्रमुख अतिथिका रूपमा आएका थिए ।कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको विकासलाई सरकारले अगाडि बढाउने बताए । लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै उनले यसको विकास सरकारको प्राथमिकतामा रहेको भन्दै उनले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।मायादेवी, रामग्राम, तिलौराकोट  समेटेर  बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने  र यसका निम्ति प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उनले बताए ।
कोरियाली प्राध्यापक क्वाकले अघि सारेको लुम्बिनी विकासको योजनालाई पनि सरकारले प्राथमिकतामा राखेको र यसलाई पनि कार्यान्वयन गर्नु आवश्यक रहेको देखिन्छ  ।
जापानी आर्कितेक्चर केन्जो टाङ्गेले सन १९७८ मा बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्ने गरी कोरियन प्राध्यापक क्वाकले शान्ति शहरको गुरुयोजना बनाएका थिए । उनको गुरुयोजनाले लुम्बिनीको पाँच वर्गमाइल क्षेत्रमा शान्ति शहर बनाउने र बाँकी १९ वर्गमाइल क्षेत्रलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । पाँच वर्गमाइल क्षेत्र भित्र लुम्बिनी वरिपरिका गाउँ समेटिनेछन् ।
भगवान गौतम बुद्धको जन्मभूमि विश्वका धार्मिक पर्यटनका लागि आकर्षक स्थल हो । यस वरपर हाल धेरै भौतिक निर्माण हुँदै गरेको छ जुन व्यवस्थित देखिंदैन । यसले भविष्यमा गएर लुम्बिनीको आकर्षक सौर्न्दर्यलाई नराम्ररी प्रभावित गर्न सक्छ । त्यसैले समयमै व्यवस्थित योजना बनाएर लुम्बिनीलाई शान्ति नगर हरियाली क्षेत्र र पवित्र सांस्कृतिक नगरको रूपमा विकास गरेर लैजान सके नेपालको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्नेछ ।साथै विश्व बौद्ध जगतको भावना पनि कदर गरेको ठहरिने छ ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑