थेरवाद बौद्ध संग्रहालय स्थापना हुने स्थल लुम्बिनीस्थित धर्मोदय सभाको स्वयम्भू चैत्य महाविहार
काठमाडौं / भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीस्थित धर्मोदय सभा स्वयम्भू महाचैत्य विहारमा निर्माण भइरहेको थेरवाद बौद्ध संग्रहालयको उद्घाटन आउँदो माघ १२ गते हुने भएको छ ।
आइतबार काठमाडौंको संघाराम विहारमा एक पत्रकार सम्मेलन गरि उक्त संग्रहालयकोबारे जानकारी गराएको थियो ।संग्रहालयको उद्घाटन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल ले गर्नुहुने कार्यक्रम रहेको छ ।
बौद्ध महिला संघ नेपालको सक्रियतामा थेरबाद बुद्धिस्ट एकेडेमी , अखिल नेपाल भिक्षु महासंघ तथा अन्तर्राष्ट्रिय भिक्षुणी संघसँगको सहकार्यमा निर्माणको पहिलो चरण सम्पन्न भइसकेको छ । यस संग्रहालयले जानकारी तथा मनोरञ्जनका सामग्रीहरुको माध्यमबाट थेरबाद बुद्ध धर्मको अनौपचारिक शिक्षण संस्थाको कार्य गर्ने तथा पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ ।
नेपालमा थेरवाद परम्परा लोप भएको ६ सय वर्षपछि ८० वर्ष अगाडिदेखि थेरवाद बुद्ध धर्मको पुनर्जागरण भएको थियो ।
हालै उद्घाटन हुन लागेको थेरबाद संग्रहालयमा बुद्ध जीवनी थेरवाद बुद्ध धर्मको इतिहास अध्ययन अनुसन्धान गर्न समेत मद्दत पुर्याउने विश्वास लिइएको छ ।
यस संग्रहालयमा ६ वटा ग्यालरी हुनेछ्न् । फरक फरक ग्यालरीहरुमा बुद्ध जीवनी,नेपालमा थेरवाद बुद्ध धर्मको इतिहास , थेरवाद भिक्षु परम्परा ,थेरबाद बौद्ध मूर्ति र साहित्य , आठ प्रमुख बौद्ध तीर्थस्थल, बौद्ध कला तथा वास्तुकला, थेरवाद बौद्ध प्रतिमा लक्षण ,थेरवाद बुद्धधर्मको बिस्तार ,थेरवाद भन्ते तथा गुरुमांहरुको व्यक्तिगत सरसामानहरु , बौद्ध पुरातात्त्विक स्थलहरु ,थेरवाद बौद्ध संस्थाहरु तथा सामाजिक सम्बन्ध आदि सामाग्रीहरु प्रदर्शनमा राखिने छन् ।
वरिष्ठ संग्रहालयविद जलकृष्ण श्रेष्ठले यस संग्रहालयको प्राविधिक कार्य हेर्ने काम गर्दै हुनुहुन्छ । संग्रहालयको निर्माणदेेेेखि उद्घाटनको तयारीसम्मको अवस्थाबारे जानकारी दिनुहुँदै म्युुुजियम भनेेेको कहिल्यै निर्माण पूर्ण नहुुुने सामाग्रीहरु थपिंदै जाने विचार पनि राख्नुभयो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५