काठमाडौं/ पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पुस ३ गते ,यस अघि थुनामा राखी मुद्दा पुर्पक्ष गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई निरन्तरता दिने आदेश गरेको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी तथा न्यायाधीश टेकनरायण कुँबरको संयुक्त इजलासले सो आदेश गरेको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले बताउनुभयो
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा मङ्सिर ५ गते निवेदन दर्ता गराउनु भएको थियो
उहाँलाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदाताल काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
आदेशको पूर्ण पाठ —-
courtesy
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५