• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 06, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  प्रविधि

देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना


सुभाय् संवाददाता September 6, 2026 मा प्रकाशित (२ मिनेट अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

नुवाकोट /बाढीपछि प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापित गर्ने उद्देश्यले नेपाली सेनाको इन्जिनियरिङ युनिटले नुवाकोटको विदुर नगरपालिका–५ देविघाटस्थित तादी नदीमाथि एक्रो ब्रिज (Acrow Bridge) जडान कार्य तीव्र गतिमा अगाडि बढाएको छ।

नेपाली सेनाले ६० मिटर लामो र ५ दशमलव ५ मिटर चौडाइको उक्त पुल ढुवानी गरी तादी नदीमाथि जडान गरिरहेको छ। पुलको भारवहन क्षमता ५० टन रहेको बताइएको छ।

सेनाको प्राविधिक तथा इन्जिनियरिङ टोलीले शनिबारदेखि पुलका विभिन्न संरचना ढुवानी तथा फिटिङ कार्य सुरु गरेको हो। हाल पुल जडानको कामलाई तीव्रता दिइएको छ।

बाढीका कारण प्रभावित भएको देविघाट क्षेत्रको यातायात सम्पर्कलाई यथाशीघ्र पुनःस्थापित गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यक जनशक्ति, प्राविधिक उपकरण तथा सामग्री परिचालन गरी पुल निर्माण कार्य अगाडि बढाएको जनाएको छ।

तादी नदीमाथि निर्माणाधीन एक्रो ब्रिज सम्पन्न भएपछि स्थानीय बासिन्दा तथा प्रभावित क्षेत्रका नागरिकको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि गल्छी जाने बाटो खुल्छ । यातायात, राहत सामग्री ढुवानी तथा दैनिक आवागमनमा समेत महत्वपूर्ण सहजता पुग्ने विश्वास गरिएको छ।

विपद्पछि नेपाली सेना उद्धार, राहत तथा क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनामा निरन्तर सक्रिय रहँदै आएको छ। देविघाटमा एक्रो ब्रिज जडान कार्य पनि प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनःस्थापना अभियानअन्तर्गत तीव्र गतिमा अगाडि बढाइएको हो।

सम्बन्धित पोस्ट
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?
  • वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑