• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 24, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  महानगर खबर

राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं


सुभाय् संवाददाता August 24, 2026 मा प्रकाशित (३१ मिनेट अघि) अनुमानित पढ्ने समय : १९ मिनेट

काठमाडौं /  गुह्येश्वरी मन्दिर परिसर पारिपट्टी आइतबार बिहान रक्तदान तथा निःशुल्क दन्त परीक्षण कार्यक्रमका कारण  व्यस्त देखिन्थ्यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं महानगरपालिका वडा नं. ८ समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा करिब ६० जनाले रक्तदान तथा निःशुल्क दन्त परीक्षण सेवा लिएका छन्।

वडा सभापति कृष्ण ओडारीको संयोजकत्वमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा पार्टीका विभिन्न तहका प्रतिनिधिहरूको  सहभागिता रहेको थियो। कार्यक्रममा काठमाडौं जिल्ला सभापति राजा शाक्य, काठमाडौं क्षेत्र नं. ४ का संयोजक तथा जिल्ला सदस्य मुकुन्द घिमिरे, काठमाडौं महानगर सभापति कमलप्रसाद पन्त (शशी) लगायत विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

रास्वपा काठमाडौं जिल्लाले पछिल्लो समय राजनीतिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राख्दै आएको छ। गुँला पर्वको अवसर पारेर जिल्लाअन्तर्गत विभिन्न क्षेत्रीय तथा वडा समितिहरूले सरसफाइ अभियान, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका छन्।

गुंला पर्वमा मेला लाग्ने मूल स्थल स्वयम्भू क्षेत्र र यस वरपरका स्थानहरुमा सरसफाइ तथा रक्तदान कार्यक्रम आयोजना गर्‍यो । काठमाडौं क्षेत्र नं. ८ को संयोजनमा  स्वयम्भू, बिजेश्वरी र डल्लु क्षेत्रमा सरसफाइ अभियान तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने क्षेत्र नं. ७ ले इन्द्रायणी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको थियो। उक्त कार्यक्रममा संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीको समेत सहभागिता रहेको थियो , साथै रास्वपा का काठमाडौं जिल्ला सभापति राजा शाक्य,कामपा १६ वडाका वडाअध्यक्ष रोजिना श्रेष्ठ ,  कामपा सभापति शशी पन्तलगायत उपस्थिति रहयो ।

रास्वपाका जिल्ला सभापति राजा शाक्यको नेतृत्वमा काठमाडौं जिल्लाले राजनीतिक अभियानसँगै सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिइरहेको देखिन्छ। सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित शाक्य सुरुदेखि नै समुदायसँग प्रत्यक्ष जोडिएका अभियानहरूमा अग्रसर रहँदै आएका छन्। राजनीतिक दल समाजबाटै जन्मिने र समाजकै आवश्यकताबाट निर्देशित हुने भएकाले राजनीतिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यता उनको कार्यशैलीमा झल्किने गरेको कार्यकर्ताहरू बताउँछन्।

“समाजबाट नै राजनीति आउने हो, त्यसैले समाजको सेवाबिना राजनीति पूर्ण हुन सक्दैन,” भन्ने सोचका साथ रास्वपा काठमाडौंले विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिएको देखिन्छ। राजनीतिक दलको चरित्र र प्राथमिकतामा नेतृत्वको प्रभाव रहने भएकाले नेतृत्वकर्ताको स्वभाव र दृष्टिकोण संगठनका गतिविधिमा पनि प्रतिबिम्बित हुने गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। रास्वपा काठमाडौं जिल्लाले पछिल्ला कार्यक्रममार्फत त्यही सन्देश दिन खोजेको देखिन्छ। जस्तो नेतृत्व उस्तै कार्यक्रम त्यो प्रभाव देखिन्छ एकजना कार्यकर्ताले भने “उहाँ सभापतिज्यू सामाजिक कार्यमा पनि बढी अभ्यसत हुनुहुन्छ त्यसैले सामजिक कार्य पनि प्राथमिकतामा परेको छ ।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगीहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ। आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने रास्वपाले जनाएको छ।

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न
  • पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑