• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 25, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / महानगर खबर

१३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित


सुभाय् संवाददाताApril 19, 2026 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

काठमाडौँ महानगरपालिकाद्वारा विश्व सम्पदा दिवसको अवसरमा एक ऐतिहासिक कार्य सम्पन्न भएको छ। विभिन्न समयमा चोरी भई विदेशका संग्रहालयमा पुगेका र पछि फिर्ता आएर स्वदेशकै संग्रहालयमा राखिएका प्राचीन मूर्तिहरूलाई पुन: उनीहरूकै मौलिक स्थानमा प्रतिस्थापन गर्ने महानगरको अभियान अन्तर्गत १३ औँ शताब्दीको महागौरी/पार्वतीको प्रस्तर मूर्तिलाई राष्ट्रिय संग्रहालय, छाउनीबाट काठमाडौँको मरुस्थित सूर्यमुखी महादेव मन्दिर परिसरमा अवस्थित यसको आफ्नै आसनमा विधिवत् पुन: स्थापित गरिएको छ।

यस पुन: प्रतिस्थापन समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्ति र सम्बन्धित कागजातहरूको हस्तान्तरण प्रक्रियामा सहभागी भई मूर्तिको औपचारिक पुन: प्रतिस्थापन कार्यको नेतृत्व गर्नुभयो। हस्तान्तरण कार्यक्रमको  उहाँले परम्परागत रातो र कालो रंको नेवारी पहिरनमा  राष्ट्रिय संग्रहालयका अधिकारीहरूसँगै उभिएर मूर्तिको विवरण र स्वामित्व सम्बन्धी आधिकारिक कागजातहरू प्रदर्शन गरनुभएको छ। यस अवसरमा काठमाडौँ महानगरपालिका र संग्रहालयका अन्य पदाधिकारीहरू, जनप्रतिनिधिहरू, सुरक्षाकर्मीहरू र सर्वसाधारणको उपस्थिति थियो।

त्यसपछि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको सो प्रस्तर मूर्तिलाई गरुडको आसनमा रहेको परम्परागत खटमा राखेर स्वयं आफ्नो काँधमा बोकी ग:गुठि सूर्यमुखी महादेव मन्दिरसम्म पुर्‍याउनुभयो । रातो र पहेँलो फूलको मालाले सजाइएको १३ औँ शताब्दीको नृत्य भावको प्रस्तर मूर्तिको मौलिक स्वरूप स्पष्ट देख्न सकिन्छ। मन्दिर परिसरमा पुगेपछि सो मूर्तिलाई यसको स्थायी आसनमा राखिएको थियो।

सोही समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यवाहक प्रमुख डंगोलले प्राचीन मूर्तिहरूलाई बन्द संग्रहालयमा राख्नु भन्दा उनीहरूलाई आफ्नै मौलिक स्थानमा राख्नुपर्ने कुरामा जोड दिनुभयो। डंगोलले भन्नुभयो, ‘प्राचीन मूर्तिहरुमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ, यसलाई बन्द संग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ।’

१३ औँ शताब्दीको महागौरी/पार्वतीको यो अद्वितीय मूर्ति अमेरिकाको न्यूयोर्क स्थित मेट्रोपोलिटन म्युजियम अफ आर्ट (मेट) बाट सन् २०२१ सेप्टेम्बर १० मा नेपाल फिर्ता ल्याइएको थियो। मूर्ति फिर्ता ल्याएपछि केही समयका लागि राष्ट्रिय संग्रहालय, छाउनीमा संरक्षणको लागि राखिएको थियो। त्यसपछि यसको मौलिक स्थानको पहिचान भएपछि काठमाडौँ महानगरपालिकाले मूर्तिलाई आफ्नै आसनमा पुन: स्थापित गर्ने निर्णय गरेको हो।

काठमाडौँ महानगरपालिकाले विभिन्न कालखण्डमा चोरी भएर विदेशका संग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता ल्याउने र संग्रहालयमा राखिएका मूर्तिलाई उनीहरूकै मौलिक स्थानमा पुन: स्थापित गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। यसअघि पनि महानगरपालिकाले विभिन्न चोरी भएका मूर्तिहरू फिर्ता ल्याएर उनीहरूलाई उनीहरूकै आसनमा पुन: स्थापित गरिसकेको छ।

१३ औँ शताब्दीको महागौरी/पार्वतीको प्रस्तर मूर्तिलाई पुन: स्थापित गरिएसँगै यसको ऐतिहासिक र धार्मिक महत्त्व पुन: उजागर भएको छ। मूर्तिलाई आफ्नै आसनमा देख्दा मरुस्थित स्थानीय बासिन्दाहरूले हर्ष र उत्साह प्रकट गरेका छन्।

काठमाडौँ महानगरपालिकाले लिएको यो अभियानले प्राचीन संस्कृति र सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। महानगरपालिकाले चोरी भएका मूर्तिहरू फिर्ता ल्याउने र उनीहरूलाई उनीहरूकै मौलिक स्थानमा पुन: स्थापित गर्ने अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक पहल गर्ने प्रतिवद्धता पनि जनाएको छ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑