• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन


सुभाय् संवाददाताNovember 22, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

अमेरिकामा ‘साँखुका पाँच ध्वाखा’ को प्रदर्शन: शंखरापुरकी छोरी निभा श्रेष्ठले अन्तर्राष्ट्रिय कला–मञ्चमा उकालिन् नेपालको इतिहास शंखरापुर, साँखु: आफ्नो जन्मभूमिको ऐतिहासिक परिचयलाई कलामार्फत अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने क्रममा शंखरापुर नगरपालिका–७, फिसलमा जन्मिएकी कलाकार निभा श्रेष्ठ ले संयुक्त राज्य अमेरिकाको बोस्टनस्थित प्रख्यात Galatea Fine Arts ग्यालरीमा एकल चित्रकला प्रदर्शनी गरिरहेकी छन्।
नोभेम्बर ७ देखि ३० तारिखसम्म चल्ने उक्त प्रदर्शनीमार्फत श्रेष्ठले पौराणिक शहर साँखुको ‘साँखुका पाँच ध्वाखा’ (साँखुका पाँच ढोका) विषयक शृङ्खला प्रदर्शन गरेकी छन्।
ललितकला क्याम्पस, जमलबाट स्नातकोत्तर गरेपछि अमेरिकाबाट फाइन आर्ट्समा मास्टर्स डिग्री हासिल गरेकी निभा श्रेष्ठ हाल बोस्टन शहरलाई नै आफ्नो कर्मथलो बनाउँदै आएकी छिन्। वैवाहिक जीवनका बाबजुद पनि उनी कलामार्फत मातृभूमि र यहाँको अमूल्य संस्कृतिप्रतिको अगाध प्रेम झल्काउन निरन्तर सक्रिय छिन्।
उनको यसपटकको प्रदर्शनीको मूल लक्ष्य भनेको ३० वर्षअघि आठ ढोकाले घेरिएको पौराणिक शहर साँखुका अस्तित्वमा रहेका पाँच ध्वाखाहरूलाई क्यानभासमा पुनर्जीवन दिनु हो।
साँखुका पुराना सिकोचा ढोका, पुखुलाक्षि ढोका र लायकु ढोकाका अवशेष मात्र जमिनमुनिको शिल्लक बाँकी रहेका छन्। तर निभा श्रेष्ठले आफ्नो क्यानभासमा जीवित रहेका पाँच ध्वाखाहरूको ऐतिहासिक र सांस्कृतिक कार्यलाई कलात्मक रूपले उतारेकी छन्, जसको महत्व यस प्रकार छ:
द्यो ध्वाखा (धुँल्ला टोल): श्री श्री बज्रयोगिनी माता तथा अन्य देवदेवीहरूलाई शहरभित्र भित्र्याउने ढोका।
सि ध्वाखा (महादेवस्थान): अन्त्येष्टि प्रयोजनका लागि पार्थिव शरीर सिपुली (मसानघाट) लैजाने ध्वाखा।
धलंको ध्वाखा: श्री माधवनारायण भगवानलाई शालिनदीमा व्रत बस्न आवतजावत गरिने ऐतिहासिक मार्ग।
म्ह्यय मचा ध्वाखा (साँगाल): छोरीहरूलाई अनमायर पठाउने परम्परागत ढोका।
लशकुश ध्वाखा: साँखुकी बुहारी भित्र्याइने ढोका, जहाँ स्वागतको प्रतीक दुई कलश पोखरी रहेका छन्।
श्रेष्ठले यी पाँच ढोकाहरूको सांस्कृतिक महत्व र साँखु शहरको ऐतिहासिक पहिचानलाई केवल चित्रको रूपमा मात्र नभई गहिरो भावनात्मक संलग्नता का साथ क्यानभासमा उतारेर प्रदर्शनीमा राखेकी छन्।
यस प्रदर्शनीले कलाकार निभा श्रेष्ठले आफ्नो जन्मभूमिको गौरवमय इतिहासलाई कलामार्फत जीवन्त बनाउँदै अन्तर्राष्ट्रिय कला जगतमा नेपालको पहिचान स्थापित गर्न सफल भएको स्पष्ट रूपमा देखाउँछ।

सम्बन्धित पोस्ट
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वरिष्ठ सिने पत्रकार अस्पताल भर्ना
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑