रवि श्रेष्ठ,शंखरापुर, साँखु / नेपाल प्रेस युनियन साँखु शाखाद्वारा आयोजित सातदिने पत्रकारिता तालिम कार्यक्रम अन्तिम चरणमा पुगेको छ। पत्रकारहरूको क्षमता अभिवृद्धि, आधुनिक सञ्चार प्रविधिको प्रयोग, पत्रकारिताको नैतिकता, तथ्यमा आधारित समाचार लेखन तथा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगसम्बन्धी विषयवस्तुमा केन्द्रित तालिम असार ७ गतेदेखि शंखरापुर–७ स्थित समरा गार्डेन, देदबुचामा सञ्चालन भइरहेको हो।आज सम्पन्न छैठौं दिनको सत्रमा प्रेस युनियन केन्द्रका उपाध्यक्ष तथा प्रविधि विज्ञ जीवन भण्डारीले “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग” विषयमा प्रशिक्षण दिएका थिए। उनले समाचार संकलन, विश्लेषण, प्रस्तुति र सम्पादनको क्रममा AI को व्यावहारिक प्रयोगबारे उदाहरणसहित प्रशिक्षण दिएका थिए।तालिममा सहभागी पत्रकारहरूले तालिम अत्यन्तै उपयोगी, व्यवहारिक र ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्ने धारणा समेत व्यक्त गरेका छन्।नेपाल प्रेस युनियन साँखु शाखाका सचिव विजयकृष्ण श्रेष्ठका अनुसार तालिमको समापन समारोह शनिबार, असार १४ गते हुनेछ। समापन कार्यक्रममा सहभागिता जनाएका पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरिनेछ। 





वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन
राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव
मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प


