नेपाल ट्युब अष्ट्रेलियाका प्रधान सम्पादक सरल गुरुङलाई स्व. टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । अष्ट्रेलियाको राजधानीमा एक कार्यक्रम गरेर अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाले अष्ट्रेलियामा रहेर पत्रकारितामार्फत देश विदेशका नेपाली जोड्न योगदान पुर्याएको भन्दै पुरस्कार प्रदान गरेको हो । प्रतिज्ञा अधिकारीसहितको छनोट समितिले कामको मुल्यांकन गरेर अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुमध्येबाट सरल गुरुङलाई पुरस्कार दिन सिफारिस गरेको हो । पुरस्कार लिएपछि सम्पादक सरलले समाजका हरेक व्यक्ति, दर्शक र संस्थाको माया र साथका कारण निरन्तर पत्रकारिता गर्ने उर्जा मिलेको भन्दै सबैलाई धन्यवाद समेत दिए । त्यस्तै जीवनको अन्तिम क्षणसम्म पनि पत्रकारिताबाटै देशको सेवा गर्ने समेत जिकिर गरे ।
सरल गुरुङ अष्ट्रेलियामा रहेर विभिन्न सूचनामूलक भिडियोहरुसहित लोकप्रियता कमाएका पत्रकार हुन् । उनले चलाएको नेपाल ट्युब धेरै हेरिने नेपाली सामाजिक साइटमा पर्दछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५