काठमाडौं / आज बुधबार कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, ४० घाइते भएका छन् । पिकनिकको लागि गएको स्कुल बस काठमाडौंको शंखरापुर नगरपालिका–५, साँखुबाट नजिक कात्तिकेमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको तथा दुर्घटनामा ४० जना घाइते भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिसल पुरी, सिन्धुपालचोकको बलेफी गाउपालिका–७ घर भई हाल काठमाडौंको चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका–९, भीम्सेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल रहेको जानकारी दिइएको छ।
चाबहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जानकारी प्रहरीले दिएको छ ।
नगरकोटमा पिकनिक मनाइ नगरकोट साँखुको बाटो हुँदै फर्कँदै गर्दा बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै प्रहरी स्थानीय समुदायले उद्धार कार्य गरेको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५