काठमाडौं ,१ माघ / नेवाः चलचित्रकर्मी र चलचित्रको प्रवर्द्धन र व्यवस्थापन गर्ने उद्देश्यले स्थापित नेवा: संकिपा राष्ट्रिय दबूको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार नेवा: देय् दबूको केन्द्रीय कार्यालय टेकुको सभाकक्षमा नयाँ कार्य समिति गठनसंगै अधिवेशन सम्पन्न भएको हो ।
वरिष्ठ चलचित्र सम्पादक माणिक रत्न तुलाधरको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनबाट महर्जन रत्नको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
संकिपा दबूको उपाध्यक्षद्वयमा रवि डंगोल र मञ्जु श्रेष्ठ, सचिवमा रवि महर्जन, सहसचिवमा राजिव राजोपाध्याय, कोषाध्यक्षमा अन्नपुर्णेश्वरी श्रेष्ठ र सहकोषाध्यक्ष रन्जु श्रेष्ठ रहेका छन् । त्यस्तै, सदस्यमा भिमसेन रिसाल, राज शाक्य, रेवन्तलाल श्रेष्ठ,राजेश महर्जन रवि श्रेष्ठ र सुविन्द्र श्रेष्ठ लगायत रहेका छन् ।
संकिपा दबूलाई चलायमान बनाउन अधिवेशनले विविध कमिटीको समेत गठन गरिएको छ । जस अन्तर्गत संगठन विस्तार कमिटीको संयोजकमा रवि महर्जन,राजीव राजोपाध्याय , आर्थिक कमिटी संयोजकमा रन्जु श्रेष्ठ र सहसंयोजक अन्नपुर्णेश्वरी श्रेष्ठ, प्रशिक्षण कमिटी संयोजकमा रवि डंगोल,सह संयोजकमा राज शाक्य र रेवन्तलाल श्रेष्ठ चयन भएका छन् । त्यस्तै, वजार व्यवस्थापन कमिटी संयोजकमा महर्जन रत्न , सहसंयोजकमा राज शाक्य, अन्तर्राष्ट्रिय कमिटी संयोजकमा आशिष्मा नकर्मी र कला संस्कृति कमिटी संयोजकमा भिमसेन रिसाल, सहसंयोजक श्याम प्रशाद खड्गी र सदस्यमा राजमुनि वज्राचार्य रहेका छन् ।
संकिपा दबूले संरक्षकका रूपमा नेवा: देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य ,सल्लाहकारमा पूर्व अध्यक्ष नरेश ताम्राकार , वरिष्ठ चलचित्रकर्मी पवन जोशी , वरिष्ठ चलचित्र सम्पादक निर्देशक नेपाल टेलिभिजनका पूर्व कार्यकारी सम्पादक माणिक रत्न तुलाधर , वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे लगायतलाई सल्लाहकारका रुपमा राखिएको छ । त्यसैगरी पहिलो नेपाली चलचित्र नायिका, तथा चलचित्र विषयमा डिप्लोमा गर्ने पहिलो महिला चैत्यदेवी सिंह तथा पहिलो मातृभाषामा बनेको चलचित्र सिलुका नायक जय श्रेष्ठलगायतलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
अधिवेशनपछि बसेको पहिलो बैठकले नेवा: चलचित्र क्षेत्रमा काम गर्दै आएका सबै संघ संस्थालाई समेटेर जाने निर्णय गर्दै सबै चलचित्र सम्बन्धि संघ संस्थाहरुबाट समेत प्रतिनिधित्व गराउनको निम्ति आग्रह गरिने, संगठन विस्तार गर्ने जिल्ला समितिहरु बनाउने , सदस्यता वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी संकिपा कोष स्थापना गर्ने, चलचित्र प्रदर्शन ,चलचित्र महोत्सव गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी निकट भविष्यमा चलचित्र निर्माणका विविध विषयमा तालीम संचालन गर्ने निर्णय पनि गरेको छ । फोटो: राजेश महर्जन
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५