काठमाडौँ/पहिचानको आन्दोलनका क्रममा दशरथ रंगशालामा जनसमुदायले नेवा: स्वायत्त राज्य घोषणा गरेको दिनलाई स्मरण गर्दै बुधबार टोखामा नेवा: एकता दिवस मनाइएको छ । नेवा: देय् दबूको संयोजनमा विभिन्न खल: पुच:को आयोजनामा देशका उपप्रधानमन्त्री उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । प्रमुख अतिथिको उपप्रधानमन्त्री सिंहले मन्तव्य राख्ने क्रममा आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
नेवा: समुदायभित्र विविधता भए पनि विविधताभित्र एकता भएको उनको भनाइ थियो।‘भाषा, संस्कृति,पहिचान जोगाउन नेवाः देय् दबूयाले काम गरिररहेको छ। यो अत्यन्त सकारात्मक छ।निरन्तरता पाओस्, भेषभूषा,कलासंस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’ उपप्रधानमन्त्री सिंहले भने ।
त्यस्तै फरक सन्दर्भमा उहाँले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि बताए। संविधान जारी हुँदाको अवस्था सम्झँदै उपप्रधानमन्त्री सिंहले दुई पटक संविधान सभा विघटन भएपछि पेचिलो अवस्थामा संविधान जारी भएको स्मरण गरे ।
कार्यक्रममा वक्ताले संविधानले आदिवासी जनजातिलाई अझै सम्बोधन गर्न बाँकी रहेको बताएका थिए।‘सरकारलाई सुनाउनुपर्ने कुरा सुनाउनुभएको छ।डेमोक्रेटिक सिस्टममा सबैले आफूलाई लागेको कुरा भन्न पाउँछन्। यो नै यसको सुन्दरता हो। मैले गर्न सक्ने काम गर्छु,’ उनले भने ।
नेवा: देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यको प्रमुखत्वमा भएको १५ औं नेवा: एकता दिवस कार्यक्रममा विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा सांस्कृतिक बाजागाजा सहित सहभागी हुन आएका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५